रास्वपामा को को इच्छुक ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ रुपन्देहीको निर्वाचन क्षेत्र नं.३ मा हुने उपनिर्वाचनलाई लिएर दलहरु उम्मेदवार छनौटमा लागेका छन् । यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेवार हुन इच्छुकहरुको सूची सो दलले सार्वजनिक गरेको छ ।
रास्वपाले साउन ७ गतेदेखि २१ गतेसम्म आवदेन माग गरेको थियो । यस अवधिभित्र ९ जनाले आवेदन दिएको लुम्बिनी इञ्चार्ज विपिन आचार्यले जानकारी दिए । सार्वजनिक नाममा सुलभ खरेलको नाम पहिलो नम्बरमा राखिएको छ ।
आगामी कात्तिक १७ मा हुने उपनिर्वाचनका लागि खरेलका अतिरिक्त पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका बताइएको छ । रास्वपाले प्राप्त नामहरुबाट उम्मेदवारको नाम छनोट गर्ने बताएको छ । भदौ १५ मा उम्मेदवारको सूची सार्वजनिक गर्ने रास्वपाले कार्यतालिका बनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *