ओलीविरुद्ध रिट

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले विश्वासको मत लिनुपर्ने माग गरिएको छ । यसका लागि एकजना अधिवक्ताले हिजो विहीबार सर्वोच्च अदालतमा आदेशको माग गर्दै रिट निवेदन दर्ता गरेका छन् ।
अधिवक्ता वीरेन्द्र के.सी.ले जनता समाजवादी पार्टी, नेपालले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा असार ३२ मा गर्दै सो दलले समर्थन फिर्ता लिएको कुरालाई रिट निवेदनमा आधार लिइएको छ । प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख देवराज घिमिरे, सङ्घीय संसद् सचिवालय र राष्ट्रपति कार्यालयलाई पनि विपक्षी बनाएर रिट निवेदन दिइएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *