काठमाडौं/ हिन्दू नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर बक्स अफिस इन्टरनेसनल ग्रुपले हरेक वर्ष तिज पर्वमा आयोजना गर्दै आएको १९ औं नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड–२०८१ संस्करण सम्पन्न भएको छ । चर्चित गायिका मेलिना राई तिजको महिमाबाट यो वर्षकै तिज संगीतबाट उत्कृष्ट तिज म्युजिक भिडियो अवार्डको गायिका घोषणा गरिएको छ ।
गायिका राईले २०८२ सालमा तिजको अवसरमा रिलिज भएको कुल १०९ वटा तिज म्युजिक भिडियोलाई पछि पार्दै यो वर्षको उत्कृष्ट गायिका बनेकी हुन् । उनले बजारमा बनिरहेकोभन्दा सुन्दा केही झर्को नलाग्न्ने तर पुरानै संगीतबाट हुबहु कपी गरिएको मिठास गीत मत नराउरीको गायिका विष्णु माझी, कोमल वलीको सुनिदेऊ न शिव, चालिसे चुराको गायिका सुनिता दुलाल, सुनिदेऊ न शिवको गायिका कमल वली र आयो तिजको लहरको गायिका अन्जु गौतमलाई पछि पार्दै नेशनल बक्स अफिस तिज म्युजिक अवार्ड २०८२ को उपाधी हासिल गरेका हुन् ।
अवार्डमा गायिका राईको झिनो प्रतिस्पर्धामात्रै रहेको थियो । त्यस्तै संगीत विधामा संगीतकार तारा प्रकाश लिम्वुले छैननी चोलियाका संगीतकार रेशम चौधरीलाई पछि पार्दै तिजको महिमाबाट यो वर्षको सुन्दर तिज संगीत भर्ने संगीतकार ठहरिएका छन् । यो वर्षको उत्कृष्ट तिज गीतकारमा हरि शिवाकोटीले मत नराउरीका गीतकार सुन्दरमणि अधिकारी, तिजका गीतका गीतकार श्रीकृष्ण मल्ल, छैननी चोलियाका गीतकार रेशम चौधरीलाई पछि पार्दै उत्कृष्ट गीतकारको अवार्ड हासिल गरेका छन् ।
लामो समयदेखि क्यानाडा रहेर पनि शिवाकोटीले नेपाली मौलिक र हराउँदै गएको शब्द संकलन गरेबापत भिडियो उत्कृष्ट नहुँदा पनि गीत मौलिक र मिठास लेखेकोले गीतकारबाट यो अवार्ड हासिल गरेका हुन् । त्यस्तै, सम्पादकमा विवेक सुनवार यो तिजको महिमा यही तिज गीतबाट छायाँकनमा मनोज पौडेल र उत्कृष्ट कलाकारबाट मिलन विश्वकर्मासँगै उत्कृष्ट ग्रुप लिडर विधामा हरि अधिकारीले आफूलाई अव्वल सावित गर्दै आफ्नो विधाको अवार्ड सुरक्षित गरेका छन् । त्यसैगरी २०८२ को उत्कृष्ट तिज कलाकारमा वरिष्ठ कलाकार मिथिला शर्मा तिजका गीत कस्ता–कस्ता बोलको म्युजिक भिडियोमा समय सान्दर्भिक उत्कृष्ट अभिनय गरेबापत नेसनल बक्स अफिस तिज म्युजिक अवार्डले उच्च सम्मान गरेको छ ।
उत्कृष्ट तिज मोडलमा यो वर्षको तिजमा बजारमा केही हदसम्म रुचाएको मत नराउरीको मोडल ललिता पौडेलले आफ्नो प्रतिस्पर्धामा रहेकोे मोडल प्रशिम्मा खड्का, अञ्जली अधिकारी, स्मारिका ढकाललाई पछि पार्दै उत्कृष्ट तिज मोडलमा आफूलाई अव्वल सावित गरेकी छिन् । यही तिज म्युजिक भिडियोबाट २०८२ को उत्कृष्ट तिज म्युजिक भिडियोको निर्देशन विधामा रुद्रमणि अधिकारीले मत नराउरीबाट सान थापा र शंकर बिसीलाई पछार्दै संगीत र पुरानै गीतबाट सम्पूर्ण नालिबेली हुबहु कपी गरिएको भए पनि नेपाली मौलिक भिडियो बनाएकोमा उत्कृष्ट निर्देशनमा आफूलाई अब्बल सावित गरेको छन् ।
१९औं नेशनल बक्स अफिस तिज म्युजिक अवार्डको अवसरमा गत वर्ष तीन सय तिज म्युजिक बनेको र यो वर्ष एक सय पनि मुस्किलले बनेको छ ।
तिज म्युजिक अवार्ड २०८२ सम्पन्न
Facebook Comments Box
