बन्दमा पर्ने सामाजिक सञ्जालहरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न निर्देशन दिएको छ । इन्टरनेट सेवा प्रदायक संघलाई प्राधिकरणले विहीबार निर्देशन दिएको हो । सोही कारण अधिकांश प्लेटफर्महरु बन्द भएका छन् ।
सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषदको भदौ ५ गतेको निर्णय, बिहीबार बसेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयलाई प्राधिकरणले आधार बनाएको छ । यसैगरी प्राधिकरणले बन्दका लागि लिएको अर्को आधारमा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका,२०८० रहेको छ । यसै बमोजिम प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई २६ वटा समाजिक सञ्जाललाई बन्द गर्न निर्देशन दिएको हो ।
प्राधिकरणले जारी गरेको विज्ञप्तिमा छ, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८२÷०५÷१९ को मन्त्रीस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिक, २०८० बमोजिम नेपालमा सूचीकरण नभई नेपालभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा निष्क्रिय गराउने व्यवस्थाका लागि निर्णयानुसार जानकारी गराइएको छ ।’ भनिएको छ ।
प्राधिकरणले सामाजिक सञ्जालहरू फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स (ट्विटर), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिसकोर्ड, पिन्टेरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा, टम्बलर, क्लबहाउस, मास्टोडन, रुम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रोलाई बन्द गर्न आइएसपीहरूलाई निर्देशन दिएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *