होमस्टेको कार्यविधिबारे मन्त्रीको चासो

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ बागमती प्रदेशका पर्यटनमन्त्री सुरेश श्रेष्ठले (घरबास) होमस्टेलाई व्यवस्थित गराउन कार्यविधिलाई अन्तिम रुप दिन चासो व्यक्त गर्नु भएको छ ।
ललितपुरको गोदाबरीस्थित कोटडाँडामा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले होमस्टे व्यवसायलाई व्यवस्थित गर्नका लागि कार्यविधिले अन्तिम रुप नपाएकोमा चासो व्यक्त गर्नु भएको हो । भक्तपुरको चाँगुनारायणमा रहेको ओभरअल डेभलोपमेन्ट नेटवर्क प्रा.लि.को सातौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले आपूm आफ्नो कार्यकालमै उक्त कार्यविधिलाई अन्तिम टुंगोमा पु¥याउने पक्षमा रहेको बताउनु भयो ।
उहाँले होमस्टे व्यवसायीहरुले समस्यामात्र उठाउने गरेको आरोप लगाउँदै सबै व्यवसायीहरुको साझा प्रतिनिधित्व गरी सरोकारवालाहरुलाई मन्त्रालयमा छलफलका लागि आउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘कार्यक्रममा बोलाउँदै गुनासो मात्र नगर्नु होला । सबै मिलेर मन्त्रालयमा आउनु होला । बसेर त्यसलाई वारपार गरौं । मिल्ने भए मिलाऔं, नमिल्ने भए पनि टुंग्याऔं ।’
उहाँले होमस्टेको विरोधमा होटल व्यवसायीहरु रहेको भन्ने गुनासो आएको अवस्थालाई ख्याल गर्दै होटल व्यवसायीहरुको समस्यामाथि पनि छलफलका लागि आपूmले पहल गरिरहेको जानकारी गराउनु भयो । उहाँले होमस्टेका कारण स्थानीयस्तरमा मानिसहरुले आफ्नो जीविकोपार्जनका लागि केही मात्रामा भए पनि सहज महसुस गरिरहेको आफूले पाएको बताउनु भयो ।
ओभरअल डेभलोपमेन्ट नेटवर्कका अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा चाँगुनारायण नगरपालिकाका पूर्व प्रमुख सोमप्रसाद मिश्रले अतिथिको आसनबाट मन्तव्य राख्नु भएको थियो । मिश्रले आफू उक्त प्रा.लि.का पदाधिकारीहरुको कार्यबाट निक्कै नै प्रभावित भएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘ओभरअलका साथीहरुलाई होमस्टेको विकासका लागि कहिले मेचीमा त कहिले महाकालीमा सक्रिय भएको देख्दा खुशी लाग्छ । उहाँहरु अहोरात्र होमस्टे तथा नेतृत्व विकास जस्ता कार्यका लागि आफूलाई समर्पित गरिरहनु भएको छ । यस्तो अवस्थामा स्थानीय निकायहरुले उहाँहरुसँग सहकार्य गरी सहयोग गर्नुपर्ने आवश्यकता पनि देखिन्छ ।’
यसैगरी गोदाबरी न.पा.वडा नं.२ का वडा सदस्य एवम् होमस्टे व्यवसायी कर्ण तामाङले ग्रामीण क्षेत्रमा होमस्टे व्यवसाय गर्दा स्थानीयस्तरमा रोजगारी प्राप्त हुने तथा देशकै पर्यटनमा सकारात्मक प्रभाव पर्ने धारणा राख्नु भयो ।
सो अवसरमा नेटवर्कका अध्यक्ष राजकुमार लामिछानेले होमस्टे होटल व्यवसायीहरुको शत्रु नभएको स्पष्ट पार्दै भक्तपुरकै मन्त्री श्रेष्ठ भएको बेलामा यो कार्यविधि टुंगोमा पुग्नेमा आफू आशावादी रहेको धारणा राख्नु भयो ।
सो अवसरमा ओभरअल डेभलोपमेन्ट नेटवर्कलाई विभिन्न अवस्थामा सहयोग तथा सहकार्य गर्नेहरुलाई मायाको चिनो पनि वितरण गरेको थियो ।
ओभरअलका प्रबन्ध निर्देशक सुरज बास्तोलाले संचालन गरेको कार्यक्रममा निर्देशक चुडामणि पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सोही दिन साधारणसभा समेत गरी राजकुमार लामिछानेलाई अध्यक्ष, सुरज बास्तोलालाई प्रबन्ध निर्देशक र चुडामणि पौडेललाई निर्देशककोे जिम्मेदारीलाई निरन्तरता दिने निर्णय पनि गरिएको बताइएको छ ।
यसैबीच साधारणसभाको अवसर पारेर प्रा.लि. आफ्ना शुभचिन्तकहरुलाई अघिल्लो दिनदेखि नै स्थानीय होमस्टेमा खानपान र बसोबासको प्रबन्ध मिलाएको थियो । सो अवसरमा होमस्टे महासंघका पूर्वअध्यक्ष केशवप्रसाद बडालको समेत उपस्थिति थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *