काठमाडौँ/ जेन–जी प्रदर्शनीको क्रममा जेल तोडेर भाग्न खोज्दा सुरक्षाकर्मीको गोली लागेर १० जनाको मृत्यु भएको छ । बाँकेमा रहेको बालसुधार गृह नौबस्ता, कारागार कार्यालय रामेछाप र धादिङबाट भाग्न खोजेका कैदीबन्दीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनीहरु राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्केपछि आफूहरु पनि रवि जस्तै निस्कन पाउनु प¥यो भनी भाग्न खोजेका बताइएको छ । यसरी मृत्यु हुनेमा बालसुधार गृह नौबस्तामा रहेका नाबालक बन्दीहरू अछाम घर भएका २१ वर्षीय उमेश विष्ट, दाङ घर भएका २० वर्षीय दिनेश घर्तिमगर, बाँकेका २० वर्षीय समीर थापा, कैलाली घर भएका १९ वर्षीय जगत देउवा र दैलेख घर भएका २१ वर्षीय भूपेन्द्र खत्री रहेका बताइएको छ ।
यस्तै, जिल्ला कारागार रामेछापबाट भाग्ने क्रममा मोरङ घर भएका ५१ वर्षीय राजकिशोर यादव, धनुषाका ५८ वर्षीय बिरु धोबी र धनुषाकै ४० वर्षीय मनोज महतोको पनि मृत्यु भएको बताइको छ । यसैगरी जिल्ला कारागार धादिङबाट जेल तोडेर भाग्ने क्रममा सेनाले चलाएको गोली लागेर धादिङको बेनीघाट घर भएका ६१ वर्षीय जितबहादुर घले र पूर्व नवलपरासीका ३६ वर्षीय इन्द्रबहादुर डालाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
रविको पछि लाग्दा १० को ज्यान गयो
Facebook Comments Box
