‘ऊनको स्वीटर’ ओटीटीमा रिलिज

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गत वैशाख २६ गते सिनेमा हलहरूमा प्रदर्शनमा आएको सफल चलचित्र ’ऊनको स्वीटर’ अब ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज गरिएको छ ।
बक्स अफिसमा १२ करोडभन्दा बढीको व्यापार गर्न सफल यो चलचित्र अब विश्वभरका दर्शकहरूले घरमै बसेर मोबाइल, टेलिभिजन वा कम्प्युटरमा हेर्न सक्ने व्यवस्था मिलाइएको बताइएको छ । आर्टमान्डूले निर्माण गरेको ‘ऊनको स्वीटर’ ले नेपाली समाजको यथार्थपरक कथा, सशक्त अभिनय र कर्णप्रिय सङ्गीतका कारण दर्शकहरूलाई आकर्षित गरेको बताइएको छ । यस चलचित्रको निर्देशन र लेखन नवीन चौहानले गरेका हुन् ।
चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको गीत सुजन चापागाईँ र सङ्गीत कोविद बज्रले निर्देशन गरेका हुन् ।
करिब ४० वटा सिनेमा हलमा ५१ दिनसम्म सफलतापूर्वक प्रदर्शन गर्ने चलचित्रको रुपमा यो चलचित्र रहन गएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *