होली काउले जित्यो ‘बेस्ट रेस्टुरेन्ट’ को अवार्ड

Nayabimarsha (Weekly Newspaper from Nepal)

लन्डन/ लन्डनमा स्वादिष्ट नेपाली तथा इन्डियन खानाको लागि चिनिएको ‘होलि काउ’ ग्रुपद्वारा संचालित फाइन डाइन रेस्टुरेन्टले ‘बेस्ट रेस्टुरेन्ट’ को अवार्ड जितेको छ । यो रेष्टुरेन्ट गएको झन्डै दुइ दशकदेखि यहाँ संचालनमा रहेको बताइएको छ ।
आइतबार बेलुका रेडिंगमा आयोजित इंगल्यांड्स बिजनेस अवाड्र्स २०२५ मा उक्त पुरस्कारको घोषणा गरिएको थियो । मतदाताहरुले गरेको मत, कम्पनीले तिरेको कर, कर्मचारी संख्या, समुदायमा योगदान लगायतको आधारमा पुरष्कृत व्यवसायहरुको छनोट गरिएको आयोजकले जानकारी दिएका छन् ।
इङ्ल्यान्डभरका रेस्टुरेन्टहरूबीच आयोजित प्रतिस्पद्र्धामा हजारौँ ग्राहक र समर्थकले आपूmलाई मनपर्ने व्यवसायको पक्षमा मत दिएका बताइएको छ । होली काउले प्राप्त गरेको यो अवार्डले नेपाली उद्यमशीलता र आतिथ्यलाई अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गरेको होली काउ ग्रुपका अध्यक्ष कुल आचार्यले जानकारी दिएका छन् ।
उक्त अवार्डबाट आपूmहरु अत्यन्तै उत्साहित भएको बताउंदै आचार्यले यो यात्रामा साथ, स्नेह र मतद्वारा सहयोग गर्ने सबै मित्र, शुभेच्छु र सहयोगीहरूलाई धन्यवाद दिए । यो उपलब्धि नेपाली समुदायको गौरव मात्र होइन, गुणस्तरीय सेवा र स्वादमार्फत ब्रिटेनमा स्थापित नेपाली पहिचानको प्रमाण पनि बनेको भनी उनले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *