सोनलको यात्रामा काँडा

Nayabimarsha (Weekly Newspaper from Nepal)

धनुषा/ मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आफ्नो सरकार टिकाउनका लागि प्रयास थाल्नु भएको छ । उहाँले यही कार्तिक २२ गते विश्वासको मत लिनुपूर्व नै आफ्नो पक्षमा पूर्ण बहुमत पु¥याउने प्रयास गरिरहेको बताइएको छ ।
यसका लागि सोनलले सत्ता गठबन्धनको आकार बढाउँदै लगेको बताइएको छ । प्रदेश सभाका पाँच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु भएका सोनलले नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीलाई पनि गठबन्धनमा भित्र्याउनु भएको छ । यी दुवै दलका एक–एक सांसद रहेकाले बहुमत जुटाउन सहज हुने विश्वासका साथ मुख्यमन्त्री सोनलले उनीहरुलाई आफ्नो पक्षमा पारेको स्रोतले बतायो ।
यसरी सात दलको समर्थन जुटाएर विश्वासको मत लिए पनि त्यसलाई टिकाउन भने उहाँका लागि सकस रहेको बताइन्छ । सबै दलबीच सन्तुलन र समन्वय कायम राख्न उहाँलाई सकस पर्ने बताइन्छ । यसैगरी मन्त्रालयको भागबण्डा, दलहरूको स्वार्थ अनुसारका विभिन्न विकासका आयोजना सञ्चालन लगायतका विषयमा मधेशका गठबन्धनबिच मतभेद देखिनु पुरानै रोग भएकाले पनि सोनलको यात्रामा काँडैकाँडा रहेको विश्लेषण हुन थालेको छ ।
उता, नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता ठूला दलहरु विपक्षमा रहेको स्थिति छ । उनीहरुसँग बहुमत जुटाउन १२ जना सांसदको मात्र कमी रहेको अवस्थामा सोनलको सरकारको यात्रा सहज भने नदेखिएको बताइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *