काठमाडौं/ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतको निर्वाचन आयोगमा सरुवा भएको छ । नवपुस्ता (जेन–जी) आन्दोलनपछि नसुध्रिएर सरुवामा थैलीको खेतीपाती चलाउँदै आएका राउतलाई उद्योगमन्त्री अनिलकुमार सिन्हाले विवादमा पर्ने डरे सरुवा गरेको चर्चा चलेको छ ।
२०८० चैतमा उद्योग मन्त्रालयमा सरुवा भएका राउतलाई २ वर्षअघि ललिता निवास जग्गामा कीर्ते गरेको आरोपमा २०८० असार २४ मा नेपाल प्रहरीको अनुसन्धान व्यूरो –सिआइबी) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरेपछि राउत सर्वोच्चको आदेशले थुनामुक्त हुनुभएको थियो । २०७८ पुस २१ ग्ते सचिव पदमा बढुवा हुनुभएका राउत आगामी २०८३ पुसमा ५ वर्षे कार्यकालका कारण सेवा निवृत्त हुने बताइएको छ ।
उद्योग सचिव हुँदा २० महिनाको अवधिमा उद्योग विभागका महानिर्देशक, कम्पनी रजिष्टार कार्यालय र संस्थानका प्रमुखहरुसँग दर तोकेर असुलीमा लागेको आरोप लागेको छ । पछिल्लो समय सचिव राउतले उद्योग विभागका उपसचिव र अधिकृतहरुलाई सरुवा गर्न थैलीका हिसाबले र आस्थाका हिसाबले सेटिङ्गमा सरुवा गरेको जानकारहरुले बताएका छन् । पछिल्लो समय जेनजी आन्दोलनपछि उद्योगमन्त्री नभएको अवस्थामा कर्मचारीहरुको सरुवाबाट ब्रम्हलुट गरेका सचिव राउतले उद्योग विभागका महानिर्देशकलाई थैलीकै कारण थमौती गरेको चर्चा चलेको छ ।
उद्योग विभागको सरुवामा २ वर्ष पुगेका कर्मचारीहरुलाई सरुवा नगरी अन्यलाई सरुवा गरेको श्रोतले जानकारी दिएको छ । कम्बल ओढेर घ्यू खान पल्केका भन्ने आरोप लाग्ने सचिव राउत आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले खरिदमा सेटिङ्गका लागि का.मु. प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग लाइन मिलाएर ठेकेदारहरुले सरुवा गराएको व्यापक चर्चा चलेको छ ।
आगामी फागुन २१ ग्ते हुने निर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग ८ अर्ब रुपियाँ बढी रकमको माग गरेको छ । निर्वाचन आयोगले गर्ने विभिन्न सामानहरुको खरिदमा अडिट नहुने र खर्चको विवरण देखाउन नपर्ने हुनाले का.मु. निर्वाचन प्रमुख र सचिव लगायतका उच्च पदस्थ कर्मचारीहरु निर्वाचित भएमा मालामाल हुने बताइएको छ ।
थैलीको खेती गर्ने सचिव राउतको सरुवा
Facebook Comments Box
