नेपाल–चीन मैत्री समाजमा जोशी

Nayabimarsha (Weekly Newspaper from Nepal)

चितवन/ नेपाल–चीन मैत्री समाज लुम्बिनीको आठौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले अध्यक्षमा मनिष कुमार जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
भैरहवाका उद्यमी जोशीको अध्यक्षतामा चयन गरिएको कार्यसमितिको कार्यकाल दुई वर्ष रहने बताइएको छ । समाजको वरिष्ठ उपाध्यक्षमा डा.ऋषिराम शर्मा, उपाध्यक्षमा खिमबहादुर खत्री, महासचिवमा जनकराज पन्त र कोषाध्यक्षमा केशव शर्मा निर्वाचित हुनुभएको छ । यसैगरी सचिवमा दीपक गलामी मगर र सह–कोषाध्यक्षमा अच्युतराज गौतम निर्वाचित हुनुभएको जनाइएको छ ।
कार्यसमितिको सदस्यमा इन्द्रबहादुर थापा, सानु सापकोटा, नारायणप्रसाद भण्डारी, कुलमणि ज्ञवाली, गोविन्दप्रसाद रेग्मी र गंगा भुसाल निर्वाचित हुनुभएको छ । सो अधिवेशनको उद्घाटनसत्रमा संस्थापक अध्यक्ष नारायणप्रसाद सापकोटाले चीनसँग नेपालीको जनस्तरमा सम्बन्ध विस्तार, नेपालमा चिनियाँ लगानी र पर्यटक भिœयाउन र लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि २०५९ सालमा समाजको स्थापना गरिएको जानकारी दिनुभयो ।
अध्यक्ष जोशीले चिनियाँ दूतावाससँग सहकार्य गरेर लुम्बिनीमा चिनियाँ पर्यटकलाई उल्लेखिय संख्यामा भिœयाउने लक्ष्य रहेको जानकारी गराउनुभयो । उहाँले बुद्धजन्मस्थल लुम्बिनीमा गौतमबुद्ध विमानस्थलमा चीनबाट सिधा हवाई सेवा शुरु गर्न ठोस पहल गर्ने जानकारी गराउनुभयो । चीनमा करोडौं बौद्धमार्गी भए पनि सरकारी निकायबाट उचित पहल नहुँदा लुम्बिनी आउने चिनियाँ पर्यटकको संख्या नगण्य रहेको जोशीले जानकारी गराउनुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *