काठमाडौं/ जेनजी आन्दोलनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका कुलमान घिसिङले राजीनामा दिएपछि माधवप्रसाद चौलागाईले सो मन्त्रालयको समेत जिम्मेवारी पाउनु भएको छ ।
यसअघि उहाँले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाउनु भएको थियो । भौतिक मन्त्रालयको इतिहासमा कर्णालीबाट भौतिक मन्त्री बन्ने चौलागाई पहिलो व्यक्ति हुनुहुन्छ । चौलागाईले पदभार ग्रहण गरेसँगै कर्णालीको विकासमा आपूmगरेका छन् । खासगरी कर्णाली राजमार्गलाई सडक सुरक्षा र स्तरोन्नतीका लागि एशियाली विकास बैंकलाई अनुरोध गर्ने निर्णय गर्दै जुम्ला र कालिकोटको सिमानामा स्थित हिमा नदीमा पक्की पुल बनेकाले त्यहाँको बेलीब्रिजलाई जुम्ला जिल्लाको तातोपानीमा स्थानान्तरण गर्ने र ‘घ’ वर्गका निर्माण व्यवसायीको योग्यता सम्बन्धी मापदण्ड परिमार्जन गर्न समिति गठन गर्ने जस्ता निणय गरी कर्णालीलाई विकासको गतीमा अघि बढाउन पहल गरेको समाचार श्रोतले जनाएको छ । गत भाद्र २३ र २४ गतेको जेनजी विद्रोह पछि भौतिक पूर्वाधार मन्त्रालयमा तीनजना मन्त्रीहरु बनेका छन् । जस्मा भदौ २३ र २४ अगाडि एमालेका राष्ट्रिय सभा सदस्य देबेन्द्र दाहाल भदौ २३ र २४ गते पछि बनेको अन्तरिम सरकारमा कुलमान घिसिङ र हाल चौलागाई मन्त्री बनेका छन् ।
मन्त्री बनेकाहरुमध्ये दाहालको कार्यकालमा कछुवा गतीमा, घिसिङको कार्यकाल छोटो भए पनि गतिशील र चौलागार्इंको मूल्यांकन गर्ने बेला नभएको जानकारहरुले बताएका छन् । हाल उज्यालो नेपाल पार्टीको अध्यक्ष रहनु भएका र रास्वपामा अटाउन नसक्नु भएका घिसिङले भौतिक मन्त्री हुँदा कूल ४० वटा ठेक्काहरु तोड्नु भएको थियो । यसमा २५ वटा साना र १५ वटा मध्यम स्तरका रुग्ण ठेक्का तोडेपछि अहिले अटेर गरेर काम नगर्ने ठेकेदारहरु पनि काम गर्ने अवस्थामा पुगेको समाचार श्रोतले बताएको छ । हालका मन्त्री चौलागाईले पनि सडक विभागका महानिर्देशक विजय जैशीसँग सहकार्य एवं सुझाव लिएर अघि बढेको समाचारमा उल्लेख छ । फागुन २१ गतेको निर्वाचनलाई आधार बनाएर गठन भएको अन्तरिम सरकारका मन्त्री चौलागाईंले ठूला निर्णयहरु नगरे पनि कर्णालीको विकासलाई महत्व दिएको बताइएको छ ।
यता, बढी बजेट भएको सडक डिभिजनहरु भक्तपुर र चरिकोट तथा कान्तिलोकपथमा कार्यक्षमता भएका सिडिईहरुका कारण विकास निर्माणले गती लिन थालेको र धमाधम कामहरु अघि बढेको विभाग श्रोतले जानकारी दिएको छ । सडक विभागमा विकास बुझेका महानिर्देशक भएका कारण सडकको विकासले काँचुली फेरेको चर्चा चलेको छ ।
