काठमाडौँ/ मधेश केन्द्रित दलहरुले गठन गरेको संघीय लोकतान्त्रिक मोर्चामा गरिने भनिएको एकता चुनावमा नदेखिएको पाइएको छ । मोर्चा गठन गर्दा सके एकता नत्र चुनावी तालमेल गरिने भनिए पनि त्यो हुन नसकेको बताइएको छ ।
चुनावको घोषणा हुने बित्तिकै मोर्चाको बैठक बसेर मोर्चामा रहेका दलहरूको बीचमा चुनावी तालमेल गर्नेे निर्णय भए पनि त्यो व्यवहारमा नपाइएको मोर्चाका एक पदाधिकारीले जानकारी दिनु भयो । तालमेलका लागि अन्तिमसम्म प्रयास गर्दा पनि सहमति हुन नसकेको ती पदाधिकारीले बताउनु भयो ।
यसरी सहमति नबन्दा तराई केन्द्रित दलका शीर्ष नेताहरु नै कतिपय क्षेत्रमा एकअर्काका प्रतिस्पर्धी बन्नु परेको अवस्था आएको पनि बताइएको छ । उक्त मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल, डा.सि.के. राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल रहेका छन् ।
राउत र यादवका बीच कुरा नमिल्दा सहमति नजुटेको पनि समाचार स्रोतले जानकारी दिएको छ । सप्तरी–२ मा राउत उठेको स्थानमा जसपा नेपालले उमेश यादवलाई उठाई दिएको छ । यसैगरी अनिष अन्सारी पनि सोही क्षेत्रबाट उम्मेदवार बन्नु भएको छ । उपेन्द्र यादवको उठेको सप्तरी–३ मा जनमत पार्टीले सुरेन्द्र मधेशीलाई उठाई दिएको छ । राष्ट्रिय मुक्ति पार्टी नेपालले उपेन्द्र यादव उठेको सप्तरी–३ मा गजेन्द्र मण्डललाई उठाएको छ । यता सर्लाही–२ मा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले उम्मेदवारी दिनु भएको छ । त्यहाँ जसपा नेपालले भरत चौधरीलाई उम्मेदवार बनाएको छ ।
मधेश केन्द्रित दल तितर–वितर
Facebook Comments Box
