भक्तपुर/ आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुरमा पनि उम्मेदवारी दर्ता गर्ने कार्य भएको छ । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले यही माघ ६ गते निर्वाचन आयोगको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गर्ने कार्य गरेका छन् ।
भक्तपुरमा प्रमुख दलहरुबाट को को उम्मेदवार बन्ने भन्ने कुरामा अरु दलहरुले केही दिनअघि नै निर्णय गरेका थिए । आन्तरिक समस्यामा रहेको नेपाली कांग्रेसले भने माघ ६ गते दिउँसो मात्र आफ्नो उम्मेदवारको टुंगो लगाएको थियो । भक्तपुर क्षेत्र नं.१ मा अधिवक्ता किरण न्यौपानेलाई उम्मेदबार बनाउने कार्य कांग्रेसले गरेको छ । यसैगरी क्षेत्र नं.२ मा वरिष्ठ पत्रकार समेत रहनु भएका कविर राणालाई उम्मेदवार बनाइएको छ ।
त्यसो त नेकपा (एमाले) ले क्षेत्र नं.१ मा सोमप्रसाद मिश्रलाई उम्मेदवार बनाएको छ । यसैगरी क्षेत्र नं.२ मा महेश बस्नेत उम्मेदवार बनेको अवस्था छ । यसैगरी क्षेत्र नं.१ मा नेमकिपाले निवर्तमान सांसद प्रेम सुवाललाई नै उम्मेदवार बनाएको छ । यसैगरी क्षेत्र नं.२ मा पनि उक्त पार्टीले उम्मेदवारी दिएको अवस्था छ ।
यसैगरी भक्तपुरमा रहेका दुई निर्वाचन क्षेत्रमा अन्य दलबाट पनि उम्मेदवारी परेको छ । नेपाली कम्युनिष्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले उम्मेदवारी दिएको अवस्था छ ।
भक्तपुर कांग्रेसबाट राणा र न्यौपाने
Facebook Comments Box
