काठमाडौं/ पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उहाँका पिता भोजप्रसादको हिजो विहीबार नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
९७ वर्षीय भट्टराईको हिजो विहीबार बिहान निधन भएको थियो । उहाँको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको परिवारजनले जनाएको छ । केही दिनदेखि स्वास्थ्यमा जटिल समस्या देखिएपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उहाँको उपचार गराइको बताइएको छ ।
अन्त्येष्टिमा प्रलोपाका नेता–कार्यकर्ताहरु सहभागी भएका थिए । उक्त बेलामा अन्य राजनीतिक दलका उच्च तहका नेताहरुको भने खासै सहभागिता नभएको पनि बताइएको छ । स्वर्गीय भट्टराईका २ छोरा २ छोरी रहनु भएको पनि बताइएको छ ।
Facebook Comments Box
