उडानलाई लिएर वायुसेवा संचालकको आपत्ति

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं l नेपाल नागरिक उड्डयन प्राधिकरणले आज शुक्रबारदेखि लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीहरुले आपत्ति जनाएका छन् ।

राति ८ बजेपछि आन्तरिक हवाई उडानको तालिका राखेमा सबै आन्तरिक उडान सेवा बन्द गर्ने भनी विमान संचालक संघको चेतावनी दिएको छ । प्राधिकरणले बुधबार नियमित उडान गरिरहेका आन्तरिक उडानका वायुसेवा कम्पनीहरुलाई पत्र लेखेर नयाँ उडान तालिकाबारे जानकारी गराएपछि खासै तयारी नभएको अवस्थामा उडान संचालन गर्न उनीहरुले गाह्रो मानेका हुन् । त्यस्तो तालिकाअनुसार उडान कार्यान्वयन गर्न प्राविधिक समस्या रहेको भनी संघका प्रवक्ता योगराज कँडेलले विज्ञप्तीमार्फत जनाएका छन् । रातको आठ बजे पछिका नियमित उडान कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको विज्ञप्तीमा उल्लेख छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *