काठमाडौं/ भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री सुनिल लम्साल बजेट माग्न आउने आफ्नै पार्टी रास्वपाका सांसदहरुद्वारा घेरिएको समाचार प्राप्त भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले पनि पुरानै दल काँग्रेस–एमाले र नेकपाले जस्तै सडक विस्तार, कालोपत्रे र पुल निर्माणका लागि टुक्रे योजनामा २–५ लाख बजेट छुट्याउन माग गर्दै मन्त्रीको सचिवालय बाहिर भिड लाग्ने गरेको श्रोतले बताएको छ ।
मन्त्री लम्सालले विशेष परिस्थिति बाहेक भेटघाट नगर्ने र भे्टन आउनेहरुलाई समन्वय गर्न आफ्नो सचिवालय निर्देशन दिएपछि सांसदहरु सचिवालयमा समस्या टिपाएर फर्कने गरेको बताइएको छ । मन्त्री लम्सालले टुक्रे बजेट २–५ लाखको योजना लिएर आउनेलाई वडाध्यक्ष बने भैगो भनेर फर्काइदिने गरेका बताइएको छ । राष्ट्रिय गौरवका ठूला सडकलाई प्राथमिकता दिने पक्षमा रहेका मन्त्री लम्सालको मन्त्रालयमा यस वर्ष २८ अर्ब कमको सिलिङ्ग पाएको छ ।
सुशासन र भ्रष्टाचारको जरो उखेल्ने हिसाबले मन्त्री अघि बढ्दा विगतमा खाई पल्केका र सेटिङ्ग गर्न पल्केकाहरुको निद हराम बन्न पुगेको छ । यता, सडकमा कालोपत्रे गर्ने सिजनमा नै काम ठप्प बनेपछि राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजना प्रभावित बन्न पुगेका छन् । खासगरी हुलाकी, कोशी, कालीगण्डकी, कर्णाली राजमार्ग र फाष्टट्रयाकमा बिटुमिन नभएर कालोपत्रको काम रोकिएको छ । त्यति मात्र हैन मदन मण्डारी राजमार्ग, नागढुंगा–मुग्लिङ्ग, जामुने पोखरा, सुर्यविनायक धुलिखेल सडक खण्डमा कालोपत्र गर्ने रोकिएको स्रोतले बताएको छ । अहिले बिटुमिन अभाव र डिजेलमा भएको मुल्यवृद्धिले गिटी बालुवा र डण्डीको भाउ आकासिँदा निर्माण व्यवसायीहरुको ढाड सोझिएको छ । यसले आर्थिक वर्षको अन्त्यमा असारे विकासबाट खेतीपाती गर्न पल्केका सचिव, सू.ई र सिडिई तथा योजना प्रमुखहरुको दाँतमा ढुङ्गा लागेको चर्चा परिचर्चा चलेको छ ।
यता, निर्माण व्यवसायीहरुले राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । यसरी सिङ्गो मुलुक इरान–अमेरिका द्वन्द्वबाट मारमा परिरहेका बेला सेटिङ्गका मास्टर मानिने भौतिक पूर्वाधार तथा शहरी विकास सचिव गोपालप्रसाद सिग्देल अकुत सम्पत्तिको विवादमा परेका छन् । लामो समय सडक विभाग र मन्त्रालय, सिचाई मन्त्रालय र पछिल्लो समय शहरी मन्त्रालय तथा गत २०८२ चैत्र ९ गतेदेखि भौतिक पूर्वाधारको समेत जिम्मेवारी सम्हालेका सचिव सिग्देललाई सरकारी जग्गा काण्ड, ओम अस्पतालदेखि ग्यास र पेट्रोल पम्पमा आफ्नो पारिवारिक नेटवर्कमार्फत लगानी गरेको लगायतका दर्जनौ आरोपहरुका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोजमा उजुरी परेको समाचार श्रोतले बताएको छ ।
स्मरण रहोस् सेटिङ्ग गरेर मोहोर तान्न खप्पिस सिग्देल आगामी २०८३ असोज १८ गते दशैंको टीका नलगाइकन सेवाबाट विदा हुँदैछन् ।
भौतिकमन्त्री सुशासनमा, सचिव चाँही सेटिङ्गमा
Facebook Comments Box
