काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीको आय तथा खुद मुनाफा दुवैमा सुधार आएको जनाएको छ ।
कम्पनीका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म कुल सञ्चालन आय २५ अर्ब ९२ करोड ९६ लाख रुपियाँ पुगेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको २५ अर्ब ३१ करोड ७६ लाख रुपियाँको तुलनामा ६१ करोड २० लाख रुपियाँ अर्थात् २.४२ प्रतिशतले बढी हो ।
यसैगरी, समीक्षा अवधिसम्म कम्पनीको कुल आय २८ अर्ब ८५ करोड ४८ लाख रुपियाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल आय २८ अर्ब ४३ करोड १५ लाख रुपियाँ रहेकोमा यस वर्ष ४२ करोड ३३ लाख रुपियाँ अर्थात् १.४९ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।
कम्पनीको करअघिको मुनाफा (भ्द्यक्ष्त्म्ब्) पनि वृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म यस्तो मुनाफा १४ अर्ब ३८ करोड २ लाख रुपियाँ पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको १४ अर्ब १९ करोड २१ लाख रुपियाँको तुलनामा १८ करोड ८० लाख रुपियाँ अर्थात् १.३२ प्रतिशतले बढी हो ।
त्यस्तै, कम्पनीको खुद मुनाफा ६ अर्ब २७ करोड २९ लाख रुपियाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ७१ करोड ५ लाख रुपियाँ रहेको खुद मुनाफा यस वर्ष ५६ करोड २४ लाख रुपियाँ अर्थात् ९.८५ प्रतिशतले बढेको हो ।
कम्पनीको प्रति शेयर आम्दानी (भ्एक्) समेत वृद्धि भई ४६ रुपियाँ ४७ पैसा पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ४२ रुपियाँ ३० पैसा रहेको थियो । यो अघिल्लो वर्षको तुलनामा ९.९ प्रतिशतले बढी हो ।
नेपाल टेलिकमका अनुसार चालु आर्थिक वर्षमा राजश्व तथा खुद मुनाफामा आएको परिवर्तनका पछाडि विभिन्न कारण रहेका छन् । निरन्तर घट्दो ब्याजदरका कारण ब्याज आम्दानी गत आर्थिक वर्षको तेस्रो त्रैमासिकको तुलनामा करिब ५७ करोड ६६ लाख रुपियाँ अर्थात् २०.५७ प्रतिशतले घटेको कम्पनीले जनाएको छ ।
जीएसएम सेवातर्फको राजश्व भने गत वर्षको तुलनामा ५७ करोड ७४ लाख रुपियाँ अर्थात् २.७६ प्रतिशतले वृद्धि भएको छ । ह्रासकट्टी खर्चमा कमी आउँदा कम्पनीको नाफामा सकारात्मक प्रभाव परेको उल्लेख गरिएको छ । कम्पनीका अनुसार ह्रासकट्टी खर्च अघिल्लो वर्षको तुलनामा ८.४६ प्रतिशतले घटेको छ ।
नेपाल टेलिकमको मुनाफा १० प्रतिशतले वृद्धि
Facebook Comments Box
