काठमाडौं/ प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले २२ वटा मन्त्रालयको संख्या घटाएर १८ वटामा झारेपछि धेरैजना सचिवहरु जिम्मेवारीविहीन बन्न पुगेका छन् । यसअघि ओली नेतृत्वको सरकारमा एउटै मन्त्रालयमा २ जना सचिव राख्ने प्रावधानलाई पनि प्रधानमन्त्री शाहले हटाएर १ जना मात्र सचिव राख्ने व्यवस्था गरेपछि हाल प्रधानमन्त्री कार्यालयमा सचिवहरुको भीड लागेको छ ।
यीमध्ये केही सचिवहरु ५५ वर्षे उमेर हदका कारण घर जाने समाचार श्रोतले बताएको छ । गत जेठ २२ गते मन्त्रिपरिषद्ले गरेको सचिवहरुको सरुवमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेललाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेपछि संघीय मामिलाको जिम्मेवारी पनि भूमि व्यवस्था सहकारी मन्त्रालयका सचिव मदन भुजेललाई दिइएको छ ।
हाल दुबै मन्त्रालयलाई गाभेर भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनाइएको छ । सहसचिव हुँदा लामो समय अर्थ मन्त्रालय र भूमि व्यवस्थामा कार्यरत पौडेललाई सचिवमा बढुवा भएपछि खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री बनेकी भगवती न्यौपानेले ल्याएको श्रोतले जानकारी दिएको छ । सचिव पौडेललाई ५५ वर्ष उमेर हदका कारण घर जाने र निर्णय क्षमता कमजोर भएको आरोप लगाइएको छ ।
यता, कृषि मन्त्रालयको सहसचिवबाट सचिव पदमा बढुवा भएपछि मधेश प्रदेशको प्रमुख सचिव बनेका सचिव भुजेल गत २०८२ मंसिरमा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सरुवा भै सामान्य प्रशासनको समेत जिम्मेवारी पाउन सफल भएका छन् ।
सचिव भुजेललाई सामान्य प्रशासनको जिम्मेवारी
Facebook Comments Box
