महामन्त्री थापाले दिए छ मन्त्र

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि छवटा मन्त्र दिएका छन् । उनले शहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले काठमाडौं महानगरभित्रको फोहोर विसर्जनमा लिएको पहलकदमीको प्रशंसा गर्दै आफ्ना मन्त्रहरु सार्वजनिक गरेका हुन् ।
उनले दिएको पहिलो मन्त्रमा शहरी विकास मन्त्रालयले बोलाएको छलफलमा सहभागी सिसडोल–बन्चरेडाडा क्षेत्रका बासिन्दाहरूले पछिल्लो सम्झौता एक सय ७५औं रहेको कुरालाई स्मरण गर्नुपर्ने रहेको छ । हरेक पटक सङ्कट परेपछि यस्ता सम्झौता हुने तर कार्यान्वयन नहुने भन्ने कुरा जनस्तरबाट आएको अवस्थामा यो पटक सम्झौता अक्षरस र भनेकै समय सिमा भित्र कार्यान्वयन गरेर चिर्नुपर्ने हुन्छ भनी महामन्त्री थापाले भनेका छन् ।
उनले यसको लागि संघीय सरकारले गर्ने भनी निदृष्ट गरिएका काम यस पटक एक ठाउँमा पनि नचुकी भनिएकै समय भित्र गर्न शहरी विकास मन्त्रालयको निरन्तर तदारुकता जरुरी छ भन्दै दोस्रो मन्त्रको रुपमा मन्त्रालयले समयमा काम सम्पन्न गराउन पहल गर्नुपर्ने कुरा उल्लेख गरेका छन् । उनले कतिपय अवस्थामा प्रधानमन्त्री कार्यालयकै पहलकदमी चाहिने अवस्थाका रुमपा जग्गा अधिग्रहणको विषय रहेको भन्दै यसका लागि मन्त्रालयले पहलकदमी गर्नुपर्ने कुरा उल्लेख गरेका छन् ।
संघीय सरकारको निश्चित समयभित्र गर्ने भनिएको कामको अनुगमन गर्न र आवश्यक पर्दा सहजीकरण समेत गर्न काठमाडौं, धादिङ र नुवाकोटका सांसदहरूको अनुगमन, सहजीकरण समिति बनाउनुपर्ने कुरा उनले तेस्रो मन्त्रका रुपमा राखेका छन् । उक्त समितिले हरेक हप्ता बैठक बसी सहमतिमा भएको प्रत्येक बुँदाको कार्यान्वयन भए नभएको अनुगमन गर्नपर्ने र कहिँ अफ्ठ्यारो परेमा सहजीकरण गर्नुपर्ने उल्लेख गरेका छन् ।
यस्तै महानगरपालिकाले फोहोर प्रभावित क्षेत्रको लागि गर्ने भनी निदृष्ट गरेको काम समयभित्र सम्पन्न गर्ने विश्वास गर्दै कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकारभन्दा बाहिरको विषय भएकाले अन्य सम्बन्धित निकायले का.म.न.पा. लाई सम्पूर्ण साथ दिनुपर्ने तथा महानगरपालिकाले पनि साथ लिनुपर्ने कुरालाई आफ्नो चौथो मन्त्रीको रुपमा उनले उल्लेख गरेका छन् ।
यस्तै, फोहोर पठाउने अन्य सम्पूर्ण स्थानीय तहले पनि का.म.न.पा.सँग निरन्तर समन्वय गरेर काम गर्न आवश्यक रहेको कुरालाई उनले आफ्नो पाँचौं मन्त्रका रुपमा उठाएका छन् ।
यसैगरी श्रावण १ गतेबाट स्रोतमै छुट्याइएको फोहोर मात्र संकलन गर्ने भनी महानगरपालिकाले भनेकाले सोही अनुसारको साथ सम्पूर्ण महानगरबासीहरूले दिनुपर्ने कुरालाई उनले आफ्नो छैठौं मन्त्रका रुपमा उठाएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *