बल्ल फेला परे दाहालका घरधनी

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर / कृषि सामग्री संस्थानको रासायनिक मल ल्याउने ठेक्का पाएका ठेकेदार शारदाप्रसाद अधिकारीले पेस्की लिएर मल नल्याउँदा कृषकहरुको विचल्ली भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी भएका कारण उनलाई कसैले पनि कारबाही गर्न नसकेको आरोप लाग्दै आएको छ । मलको ठेक्का पाएका अर्का ठेकेदार होमनाथ कोइरालालाई पनि कारबाही गर्न नसक्नु सरकारको लाचारी मानिएको छ ।
सडकका दर्जनौँ ठेक्का लिएर समयमै पूरा नगर्ने शैलुङ्ग कन्स्ट्रक्सनका मालिक ठेकेदार अधिकारीको कारण सडक विभाग ‘रुनु न हाँस्नु’ को अवस्थामा पुगेको छ । चाबहिल–जोरपाटी, त्रिपुरेश्वर–कलंकी–थानकोट र सूर्यविनायक–नगरकोट ठेकेदार अधिकारीले अलपत्र पारेर सम्पन्न नगरी छाडेका सडक हुन् । उनले ललितपुरमा थुप्रै सडकहरु सम्पन्न नगरी अलपत्र बनाएर राखेको जानकारहरुले बताएका छन् ।
ठेक्का सम्झौताअनुसार समयमै काम नगरेको भन्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना (केयुकेएल) ले पुर्जी काटेको स्रोतले बताएको छ । कार्यप्रगति सुधार नभएको, कार्य तालिकाबमोजिम काम नभएको र काम सम्पन्न गर्न अग्रसर नभएको भन्दै सात दिने जवाफसहित उपस्थित हुन अधिकारीलाई पुर्जी काटी विवादित ठेकेदारलाई निदहराम बनाएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयले पाता कस्न नसकेको ठेकेदार अधिकारी खानेपानी मन्त्रालयअन्तर्गतको केयुकेएलको कडा झम्टाईमा परेका छन् । अधिकारी दाहालको घरबेटी बनेर धेरै सडकहरु र अन्य ठेक्का अलपत्र पार्दै आएका छन् । ठेकेदार अधिकारी र पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार सडकको टाउको दुखाई बनेका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *