Blog

दुई वर्षको सपना बोकेर पोर्चुगल पुगेपछि

टी.आर.निरौला विदेश जाने निर्णय गर्दा मेरो मनमा पोर्चुगल एउटा देश मात्र थिएन, त्यो घरको बदलिँदो भविष्यको एउटा सम्भावना थियो । नेपालमा बसेर धेरैपटक सोचें— दुई वर्ष काम गर्छु, केही पैसा जम्मा गर्छु, घरको ऋण तिर्छु, परिवारको आवश्यकता पूरा गर्छु अनि…

सडक निर्माणमा नयाँ मोडल अपनाउने कि ?

स्पन्दन भट्टराई नेपालमा सडक विकासको कुरा उठ्नेबित्तिकै सरकारको बजेट, ठेक्का, निर्माणको ढिलाइ र गुणस्तरको प्रश्न अगाडि आउँछ । हरेक वर्ष ठूलो रकम सडकमा खर्च हुन्छ, नयाँ आयोजना घोषणा हुन्छन्, कतिपय सडक निर्माण पनि हुन्छन् । सडकको आवश्यकता भने त्यसको तुलनामा…

राशिफल

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साता मेष राशिका लागि उत्साह र आत्मविश्वास बढ्ने समय छ । रोकिएका कामलाई अघि बढाउने अवसर मिल्नेछ । व्यापार–व्यवसायमा नयाँ योजना बनाउन सकिनेछ भने जागिरेका लागि जिम्मेवारी बढ्न सक्छ…

नेपालमा जैविक विविधताको आवश्यकता–संरक्षणका उपाय

— गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस -अवकासप्राप्त) सामान्य रूपमा भन्नुपर्दा पृथ्वीमा प्राप्त हुने सजीव प्राणी, वनस्पति, जीव–जिवात्मा र तिनीहरूमा प्राप्त हुनेविविधता अर्थात् पृथक प्रवृत्ति वा गुणलाई जैविक विविधता भन्न सकिन्छ । पृथ्वीमा उपलब्ध जीव, वनस्पति…

कांग्रेसलाई चाहिएको विजय होइन, मिलन

सम्पादकीय नेपाली कांग्रेस यतिबेला राजनीतिक इतिहासकै एउटा संवेदनशील मोडमा उभिएको छ । विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिको जिम्मेवारीमा आएपछि पार्टीभित्रको नेतृत्वसम्बन्धी विवादले कानूनी बाटोसमेत समातेको हो । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट बनेको नेतृत्वलाई मान्यता दिएको र सर्वोच्च अदालतबाट समेत त्यसलाई…

मननीय कुरा

“जीवन साइकल चलाएजस्तै हो । सन्तुलन कायम राख्न निरन्तर अगाडि बढिरहनुपर्छ ।” – अल्बर्ट आइन्स्टाइन “हामी जे गर्छौँ, त्यसले मात्र होइन, हामी बारम्बार के गर्छौँ भन्ने कुराले हाम्रो चरित्र निर्माण गर्छ ।” – अरस्तु “तपाईं जहाँ जानुहुन्छ, त्यहाँ उज्यालो लिएर…

कालिगण्डकी : जहाँ नदीमा बग्छ प्राचीन समुद्रको कथा

रोशन ज्ञवाली नेपाललाई नदीहरूको देश भन्दा पनि हुन्छ । हिमालको काखबाट जन्मिएका अनगिन्ती नदी र खोलाहरूले नेपालको भूगोललाई चिरेर बग्दै यहाँको प्रकृति, सभ्यता र जीवनलाई आकार दिएका छन् । कुनै नदीले खेतीपातीलाई जीवन दिएको छ, कुनैले बस्ती बसाएको छ, कुनैले…

षडानन्दले दिङ्लाबाट फैलाएको ज्ञानको उज्यालो

पिएमणि भट्टराई नेपालको इतिहास पल्टाउँदा कतिपय यस्ता व्यक्तित्व भेटिन्छन्, जसको जीवनलाई केवल उनी जन्मेको ठाउँ वा उनी बसेको समयभित्र सीमित गरेर बुझ्न सकिँदैन । उनीहरूले आफ्नो समयभन्दा धेरै अगाडिको सोच बोकेका हुन्छन् । त्यस्तै व्यक्तित्व हुन् भोजपुर दिङ्लाका बालागुरु षडानन्द…

योजना आयोग र यसको प्रभावकारिता

कौशल कुमार भट्टराई कुनै पनि मुलुकको विकास केवल बजेट छुट्याएर वा वर्षैपिच्छे नयाँ आयोजना घोषणा गरेर सम्भव हुँदैन । विकासका लागि आजको आवश्यकता मात्र होइन, भोलिको सम्भावना पनि देख्न सक्ने दृष्टि चाहिन्छ । मुलुकसँग उपलब्ध स्रोत कति छ, त्यसलाई कहाँ…

रा.स्व.पा लाई मन्त्री र सांसद सम्हाल्न सकस

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टीलाई मन्त्री र सांसद सम्हाल्न सकस परिरहेको छ । सरकार बनेको साढे चार महिना वितिसक्दा पनि लय समात्न नसकेपछि र जनताका माग सम्बोधन हुन नसकेपछि प्रधानमन्त्री बालेन्द्र शाहले आठजना मन्त्रीहरु हटाएर सक्षम व्यक्तिलाई ल्याउने तयारी गरेको समाचार…