देउवा विकल्पको खोजीमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ प्रधानमन्त्री पुष्पकमल दाहालले अप्रत्यासित रुपमा नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोडेपछि कांग्रेसका सभापति शेरबहादुर देउवा पनि विकल्पको खोजीमा लागेका छन् । उनले नयाँ गठबन्धन बाहिर रहेका साना दलका नेताहरुसँग छलफल गरी नयाँ विकल्पको तयारीमा लागेका हुन् ।
प्रधानमन्त्री दाहालले गठबन्धन भत्काएर नेकपा (एमाले) सँग सहकार्य थालेपछि सभापति देउवाले बुधबार अपराह्न जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग छलफल गरी विकल्पको लागि तयार रहन आग्रह गरेका हुन् ।
जनमत पार्टीका अध्यक्ष सी.के. राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नाउपाका अध्यक्ष रेशम चौधरीसँग देउवाले सहकार्यको प्रस्ताव गरे । राउत, ठाकुर र चौधरीले देउवाको प्रस्तावमा आफूहरु सकारात्मक रहेको जवाफ दिए पनि कांग्रेसले एमालेसँग मिलेर जाँदा राजनीति स्थिरतातर्फ जाने भनी सुझाव पनि दिएको समाचार स्रोतले जानकारी दिएको छ ।
लोसपाका अध्यक्ष ठाकुरले भने अलि पृथक धारणा राखेका थिए । सत्ता सहकार्यमा रहेका बखत कुनै छलफल नगरी प्रधानमन्त्री दाहालले धोका दिएको बताएका थिए । उनले यसलाई गम्भीर रूपमा लिएर कांग्रेसले कदम चाल्नुपर्ने धारणा पनि राखेका थिए । सबै लोकतान्त्रिक शक्तिहरूलाई एक ठाउँमा ल्याउन कांग्रेसले अग्रसरता देखाउनुपर्ने धारणा राउतले राखेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *