भट्टराईको कटाक्ष दाहाललाई

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पककमल दाहालमाथि कटाक्ष गरेका छन् । उनले दाहालले आफ्नो आधारभूत सोच र कार्यशैलीप्रति पटक्कै ध्यान नदिएको आरोप पनि लगाएका छन् ।
भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्– ‘धूल चेहरे पर थी और मैं आइना साफ करता रहा” ! गालीबको यो चर्चित कवितांश झैंं हाम्रा प्र.मं. राम्रो परिणाम आएन भनेर पटक–पटक गठबन्धन र मन्त्रीहरू फेरिरहनु भएको छ तर आफ्नो आधारभूत सोंच, नीतिकार्यक्रम, प्राथमिकता र कार्यशैलीमा पो त्रुटी छ कि भन्नेतिर पटक्कै ध्यान दिएको देखिन्न ।’
भट्टराईले प्रधानमन्त्री दाहाल जनयुद्धका सर्वोच्च कमाण्डर समेत रहेको बताउँदै शान्तिप्रक्रिया पूरा गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्दैन ? भन्दै प्रश्न समेत गरेका छन् । उनले ‘जनयुद्धका सर्वोच्च कमाण्डरले पटक–पटक प्र.मं. हुँदा शान्तिप्रकृया पूरा गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्दैन ? शान्तिप्रक्रियाका प्रमुख हिस्सेदार कांग्रेस र एमाले र तीसंँग जोडिएका शक्तिकेन्द्रहरू सबैलाई साथ लिएर शान्तिप्रक्रिया टुंगिन्छ कि आफ्नो कुर्सीकाल लम्ब्याउन कहिले कोसंँग कहिले कोसंँग टॉसिने र अर्कोलाई धोका दिने तरिकाले टुंगिन्छ ?’ भन्दै प्रश्न समेत गरेका छन् ।
यसैगरी दाहालले आफू बाँचुञ्जेल देशमा उथलपुथल भैरहन्छ भन्ने अभिव्यक्तिप्रति व्यंग्य गर्ने कार्य पनि भट्टराईले गरेका छन् । उनले अग्रगामी कि पश्चगामी उथलपुथल ? भनी प्रश्न गरेका छन् । उनले ‘उल्टै गर्वसाथ घोषणा गर्नुहुन्छ – म बॉचुन्जेल देशमा उथलपुथल भइरहन्छ रे ! अग्रगामी कि पश्चगामी उथलपुथल ? परिणामविहीन अस्थीरता र त्यसले ल्याउने आर्थिक संकट, युवा पलायन, बाहिरी चलखेल आदि गर्व गर्नलायक कुरा हो ?’ संवेदनशील भूराजनीतिक द्वन्द्व बढ्दै गैरहेको बेला प्रधानमन्त्रीले कहिले कोसँग कहिले अर्कोसँग टॉसिने र अर्कोलाई चिढ्याउने तरिकाले काम गरिरहनुभएको भनी आरोप लगाएका छन् ।
उनले बाह्य शक्तिबीच सन्तुलन मिलाउनुको सट्टा आफ्नो लहड वा निजी स्वार्थमा कहिले कोसँग कहिले अर्कोसँग टॉसिने र अर्कोलाई चिढ्याउने तरिकाले देशको सार्वभौमिकता र स्वाधीनताको रक्षा हुन्छ कि खतरामा पर्छ ? लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ दश बल्ड्याङ नहोस् ।’ भनी कुनै बेलाका आफ्ना निकट सहकर्मी दाहाललाई सचेत गराउने कार्य पनि सामाजिक सञ्जालमार्फत गरेका छन् ।
यसैबीच भट्टराईले आफ्नो दलका सांसदहरुलाई नेकपा (माओवादी केन्द्र) का सांसदको रुपमा व्याख्या गरिएकोप्रति असन्तुष्टी देखाएका छन् । उनले आफ्ना सांसदहरु माओवादी केन्द्रको चुनाव चिन्ह लिएर विजयी भए पनि हालको अवस्थामा आफ्नो दलको छुट्टै पहिचान कायम गर्न भनी निर्वाचन आयोगमा आफ्नो दलका तर्फबाट निवेदन दर्ता गराएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *