पत्रकार महासंघ महाधिवेशनमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाल पत्रकार महासंघ केन्द्रीय महाधिवेशनको तयारीमा जुटेको छ । आगामी बैशाख २१ गते लुम्बिनीमा महासंघको महाधिवेशन गर्ने निर्णय भएपछि तयारी थालिएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।
महासंघले जिल्ला, शाखा तथा एसोसिएट्स संस्थाहरुको अधिवेशनहरु चैत मसान्तसम्ममा सम्पन्न गरिसक्ने र प्रदेश अधिवेशनहरु बैशाख १ गतेदेखि १२ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने भन्ने निर्णय समेत गरेको पुरीले जानकारी दिए ।
केन्द्रीय महाधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरु सहभागी हुन्छन् । पत्रकार महासंघको महाधिवेशनमा दलीय समीकरणले समेत असर गर्ने देखिएको छ । पत्रकारिताजस्तो पवित्र पेशामा रहेर पनि पत्रकारहरु विभिन्न राजनीतिक दलको भातृसंस्थाको रुपमा रहने गरेका कारण पनि महासंघको निर्वाचन परिणाम फरक ढंगले आउने गरेको छ ।
यसअघिको महाधिवेशनको समयमा राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को समीकरण बनेको अवस्था थियो । सोही समीकरण अनुसारको पत्रकारहरुको समेत समीकरण बनेको अवस्थामा महासंघको नेतृत्व पनि सोही समीकरण अनुसारको बनेको थियो ।
पछिल्लो समयमा राजनीतिक समीकरण फेरिएको छ । कांग्रेसको ठाउँमा नेकपा (एमाले) सरकारमा पुगेको छ । यस्तो अवस्थामा महासंघको निर्वाचन पनि प्रभावित हुने आंकलन गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *