गिरिजालाई सम्झिए कांग्रेसजनले

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवस बुधबार मनाइएको छ । यहाँको माइतीघर मण्डलामा दीप प्रज्वलन गरी उनको स्मृति कांग्रेसजनले गरेका हुन् । उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर के.सी.ले राजनीतिक दलहरुमा देखिएको विकृतिलाई समयमै हटाउन नसके देशको अस्तित्वमा संकट आउने विचार व्यक्त गरे । उनले गिरिजाप्रसाद कोइरालाको पथलाई पछ्याउन सकेमात्रै काँग्रेसले देशको राजनीतिलाई सम्हाल्न सक्ने बताए ।
यसैगरी सांसद प्रदीप पौडेलले नेपाली राजनीतिमा कोइरालाकै नेतृत्वका कारण नेपालमा गणतन्त्र आएको बताए । उनले गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिमा निर्भिक, सशक्त र निडर नेताका रुपमा रहेको बताए ।
उनले गिरिजाप्रसादको नेतृत्वमा शान्ति प्रक्रियाको स्थिति अघि बढेको समेत बताए ।
सो अवसरमा तरुण दल केन्द्रीय सदस्य निरञ्जन थापाको संयोजकत्वमा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, सांसद प्रकाश स्नेही रसाइलीलगायतको सहभागिता थियो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *