गगन ‘संवाद यात्रा’ मा

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ पुनः शुरु गरेका छन् । गत माघ २३ मा स्थगित गरिएको संवाद यात्रा नवलपरासीको सूर्यपुरास्थित प्रतापपुर गुठीबाट उनले बुधबारबाट पुनः शुरु गरेका हुन् ।
माघ १३ बाट झापाबाट शुरु भएको उनको ‘संवाद यात्रा’ कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएकाले स्थगित गरिएको थियो । ‘संवाद यात्रा’ नवलपरासीको गोपीगञ्जबाट रोकिएको थियो । स्थगित हुनुअघि १३ जिल्लामा महामन्त्री थापाले यात्रा गरेका थिए । नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेमा संवाद यात्रा गरिने थापा निकटले जानकारी दिएको छ । १८ गते संसद बैठक भएकाले संवाद यात्रा १७ गतेसम्म हुने गरी कार्यतालिका बनाइएको छ ।
माघ १६ देखि १० दिनका लागि ‘समुदायमा कांग्रेस’ अभियान देशभर गर्ने गरी कार्यक्रम बनाएको थियो । पार्टीका शीर्ष नेतालाई सात प्रदेश र केन्द्रीय नेताहरुलाई जिल्लामा प्रतिनिधि खटाएर अभियान चलाइएको थियो । बुढाथोकीको मृत्युपछि रोकिएको ‘समुदायमा कांग्रेस’ अभियानलाई निरन्तरता दिनेबारे कांग्रेसले सोचिरहेको पनि बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *