नेकपा एसमा भाँडभैलो, अप्ठ्यारोमा नेपाल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ आगामी २०८१ जेठमा महाधिवेशन गर्ने तयारीमा जुटेको १० सिटे पार्टी नेकपा (एकीकृत समाजवादी) मा भाँडभैलो शुरु भएको एस सम्बद्ध श्रोतले बताएको छ ।
‘सौताको रिसले पोइको काखमा सु गरे’ झैं नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको अन्याय र अत्याचार सहन नसकी पार्टी विभाजन गरेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको अस्तित्व जोगाउन हम्मेहम्मे परेको छ । पछिल्लो गठबन्धनमा पार्टीको तर्फबाट दुईजना मन्त्रीहरु पठाएर वाम एकताको सरकार बनाउने नारा फलाक्दै आएका र प्रधानमन्त्रीको सपना देखेका नेपालका बहुसंख्यक सांसदहरु एमालेमै फर्किने तयारी गरिरहेको समाचार श्रोतले बताएको छ ।
एमालेविरुद्धको चर्को आवाज उठाउँदै आएका राजेन्द्र पाण्डे, मेटमणि चौधरी नयाँ गठबन्धनको विपक्षमा उभिएका छन् । मन्त्री हुन नपाएको झोंकमा किसान श्रेष्ठ, प्रेमबहादुर आले, अमरबहादुर थापा पनि अध्यक्ष नेपालप्रति रुष्ट बनेपछि नेकपा एसको भविष्य संकटमा परेको चर्चा चलेको छ । बेदुराम भुषाल, प्रकाश ज्वाला, भानुभक्त जैसी र धनबहादुर बुढालाई मात्र बोकेर पार्टी नचल्ने नेकपा एस श्रोतले बताएको छ ।
एसका बहुसंख्यक सांसद र कार्यकर्ताहरु एमालेमै फर्किने भएपछि नेपाल माछो माछो भ्यागुतो बन्ने छन् । उता, एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले एसका सांसदहरुलाई भित्र्याएर ठूलो पार्टी बन्ने रणनीतिमा लागेको जानकारहरुले बताएका छन् । कठैवरा नेपालको प्रधानमन्त्री बन्ने सपना होली वाइनले तुहाई दिन त हैन !

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *