सरकारका धनी मन्त्रीहरु को को ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुमध्यै सबैभन्दा धनी मन्त्रीहरुमा श्रम रोजगार तथा सुरक्षा मन्त्री डी.पी. अर्याल र उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ रहेको पाइएको छ ।
मन्त्रीद्वयले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार अन्य मन्त्रीहरुभन्दा महासेठ र अर्याल धनीको सूचीमा परेका छन् । सूचीमा देखाइएको सम्पत्तिको आधारलाई हेर्दा सबैभन्दा गरिब चाहिँ उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ रहेका देखिएको छ ।
मन्त्री महासेठको जनकपुर उपमहानगरपालिकामा साडे दुई तले घर, ललितपुरको भैंसेपाटीमा २ रोपनी १२ आना बढी जग्गामा बनेको साढे दुई तले घर रहेको उल्लेख गरिएको छ । यसैगरी श्रीमती जुली महतोको नाममा धनुषामा सात विघा तीन कठ्ठा, सिन्धुलीको कमलामाई नगरपालिकामा चार कठ्ठा, ललितपुर महानगरपालिकामा एक रोपनी सात आना जग्गालगायत रहेको छ । यसैगरी दुई करोड २५ लाख नगद, ४३ तोला सुन, १५० के.जी. चाँदी, ७ थान औठीलगायत गरगहना र विभिन्न ठाउँमा शेयर र धनुषामा प्रशस्त जग्गा रहेको सार्वजनिक गरिएको छ ।
गरिब देशको धनी मन्त्री भित्र परेका महासेठको सार्वजनिक नागरिएका अनगिन्ती सम्पत्ति रहेको जानकारहरुले बताएका छन् ।
यसैगरी स्वार्थ बाझिने मन्त्रालयको मन्त्री बनेर एक डेढ वर्षअघि मात्र राजनीतिमा प्रवेश गरेका म्यानपावर व्यवसायी डी.पी. अर्याल हाल श्रम रोजगार तथा सुरक्षा मन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेका अर्यालको १२ ठाउँमा जग्गा र १५० तोला सुन, काठमाडौंमा तीन करोड बढी मूल्य पर्ने घर र बैंक खातामा नगद रहेको सम्पत्ति विवरणमा देखाएका छन् ।
जनताको सेवा गर्ने नाममा कमाउन र लुट गर्न पल्केका मन्त्रीहरु दिनानुदिन धनी बन्दै जाने र जनताको अवस्था परिवर्तन नहुने अवस्थामा मन्त्री अर्यालले धादिङ्ग, काठमाडौं, लमजुङ्ग र भक्तपुरमा पनि श्रीमती अम्बिका के.सी.को नाममा जग्गा, नगद र गरगहना रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । यसरी सम्पत्तिको मूल्यांकन गर्दा मन्त्री अर्यालले सोझो हिसाबले नभै अवैधानिक तवरले आर्जन गरेको र रास्वपाको पार्टी खर्च चलाएको जानकारहरुले बताएका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *