जसपा नेपालमा तीव्र प्रतिस्पर्धा

Nayabimarsha (Weekly Newspaper from Nepal)

जनकपुरधाम/ दल विभाजनको विषयलाई लिएर अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल महाधिवेशनमा होमिएको छ । सो दलको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध भए पनि अन्य पदका लागि निर्वाचन हुने अवस्था आएको छ । सहअध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेपछि अन्य पदमा पनि निर्वाचन नै हुने संभावना बढेको हो ।
यहाँ जारी महाधिवेशनमा सहअध्यक्ष पदका लागि लालबाबु राउत, रकम चेम्जोङ र राजकिशोर यादवले उम्मेदवारी दर्ता गराए । पाँच उपाध्यक्ष पदका लागि २३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै दुई महासचिवका लागि ६ जनाको उम्मेदवारी परेको बताइएको छ ।
यस्तै, महासचिवका लागि बोमबहादुर दर्लामी मगर (आदिवासी), रामकुमार शर्मा, विजय कुमार, दीपक कार्की, मनिषकुमार सुमन र अशोककुमार यादवको उम्मेदवारी परेको छ । उता, सहमहासचिवमा खुलातर्फ डा. सुरेन्द्रकुमार यादव, रामबाबु प्रसाद यादव, रामकिशोर प्रसाद यादव, राजकुमार राई, योगेन्द्र राई यादव, शैलेन्द्रप्रसाद साह, सुरेशकुमार मण्डल, डा.जयप्रकाश राई यादव र जयराम यादवको उम्मेदवारी परेको बताइएको छ ।
सहमहासचिवमा महिलातर्फ पनि प्रतिस्पर्धा हुने देखिएको छ । सीताकुमारी यादव, विनिताकुमारी यादव र निर्मला यादवले उम्मेदवारी दिएपछि उक्त पदमा पनि प्रतिस्पर्धा हुने भएको हो । यस्तै, कोषाध्यक्षमा रेणुकुमारी यादव, बलराम महतो र सञ्जयकुमार यादवका बीचमा प्रतिस्पर्धा हुने अवस्था आएको छ । सचिवमा ३४ जनाले उम्मेदवारी दिएपछि उक्त पदमा झनै रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *