रावलको निशानामा रास्वपा

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ नेकपा (एमाले) का अध्यक्षको नजरमा ‘तिरस्कृत नेता’ को छवि बनाइएका भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुमाथि गम्भीर आरोप लगाएका छन् । पूर्वगृहमन्त्री समेत रहेका रावलले वर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र शिक्षामन्त्री सुमना श्रेष्ठमाथि गम्भीर आरोप लगाएका हुन् ।
रावलले लामिछानेप्रति लक्षित गर्दै दुइटा राहदानी बोक्ने र श्रेष्ठप्रति लक्षित गर्दै विदेशीसँग विवाह गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नु स्वागतयोग्य कार्य हुने धारणा राखेका हुन् ।
लामिछानेसँग दुई देशको नागरिकता र राहदानी भएको र पोल्याण्डका पत्रकारसँग विवाह गर्ने शिक्षामन्त्रीलगायत विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर राज्यको उच्च ओदाहमा बस्नेहरूको बिगबिगी भएको भन्दै रावलले आफ्नो धारणा राखेका हुन् ।
उनले सामाजिक सञ्जाल एक्समा आफ्नो धारणा सार्वजनिक गर्दै त्यस्ता मानिसहरुमाथि आयोगले छानविन गर्नुपर्ने धारणा पनि राखेका हुन् । यसअघि अख्तियारले विदेशमा पी.आर. पाएका, दोहोरो नागरिकता र राहदानी लिएर राज्यको उच्च ओहोदामा पुगेकाहरूको छानविन गर्ने निर्णय गरेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *