मुख्य सचिवको खोजी, गड्तौला का.मु.

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ पुष्पकमल दाहाल नेतृत्वको सरकारमा निमित्त मुख्यसचिव बनेकी प्रधानमन्त्री कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई सरकारले कायम मुकायम मुख्य सचिवमा मुकरर गरेको छ । गत असार ३१ गते बसेको खड्गप्रसाद शर्मा ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
यसअघिका मुख्य सचिव डा. बैकुण्ठ अर्याल स्टिकर छपाई सम्बन्धी भ्रष्टाचार काण्ठमा निलम्बनमा परेपछि मुख्यसचिव पद रिक्त थियो । निजामती प्रशासनको सर्वोच्च पद मानिने मुख्य सचिवमा गड्तौलाले पहिलो महिला का.मु. मुख्य सचिव बनेर इतिहासमा नाम लेख्न सफल भएकी छिन् । गड्तौलाले आगामी २०८१ भदौमा ५८ वर्षे हदले अनिवार्य अवकाश पाउने बताइएको छ । का.मु. मुख्य सचिव गड्तौलाको अवकाशपछि मुलुकले नयाँ मुख्य सचिव पाउने बताइन्छ ।
हाल मुख्य सचिवको लाममा तोयानाथ ज्ञवाली, रामकृष्ण सुवेदी, एकनारायण अर्याल, दिनेश भट्टराई र अर्जुन पोख्रेल रहेका छन् । राष्ट्रिय योजना आयोगका सचिव ज्ञवाली निकट भविष्यमै अवकाश हुने र सूचना तथा सञ्चार सचिव सुवेदी माओवादी निकट रहेकाले यी दुबैको संभावना कम रहेको समाचार श्रोतले बताएको छ ।
काँग्रेस एमालेको गठबन्धनबाट बनेको सरकार भएकाले सुवेदी प्राथमिकतामा नपर्ने चर्चा चलेको छ । बाँकी तीनजना सचिव अर्याल, भट्टराई र पोख्रेलमध्ये कस्ले बाजी मार्नेछन् त्यो भविष्यले बताउने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *