आफ्नै कारणले पुर्पुरो समाउन पुगे दाहाल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको उथलपुथलको राजनीति अब ठेगान लागेको जानकारहरुले बताएका छन् । पार्टीलाई भन्दा पनि आफ्नो स्वार्थलाई केन्द्रविन्दुमा राखेर राजनीति गर्दै आएका दाहाल राजनीतिक जीवनको उत्तराद्र्धमा संकटमा पर्ने देखिएको छ ।
२०६४ सालमा एक सय २१ सिटसहित प्रधानमन्त्री बनेका दाहालको पार्टी २०७९ को निर्वाचनमा खुम्चिएको छ र २०८४ को निर्वाचनमा अझै तल झर्ने आंकलन गरिएको छ । पार्टीलाई अहिलेको संकटग्रस्त हालतमा पु¥याउने काम दाहालले नै गरेको जानकारहरुले बताएका छन् । त्यतिबेलाका सहयात्रीहरु मोहन वैद्य, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द रामबहादुर थापा, टोपबहादुर रायमाझी लगायतका नेताहरु अहिले दाहालको कम्पनीमा परिणत भएको माओवादी केन्द्रमा छैनन् ।
अहिले वर्षमान पुन, जनार्दन शर्मा, देवप्रसाद गुरुङ, शक्तिबहादुर बस्नेत र देवेन्द्र पौडेल लगायतका स्वार्थी समूहहरुको झुण्ड लिएर पार्टी अत्यन्त कमजोर अवस्थामा रहेको समाचार श्रोतले बताएको छ । पछिल्लो १८ वर्षको इतिहासको माओवादी सत्तामा रहँदा पनि नागरिकलाई केही गर्न नसकेको बरु आफ्नै परिवारमा मात्र केन्द्रित हुन पुगेको आरोप लागेको छ । युद्धको सपना पूरा गर्न भन्दा आफ्ना छोरी बुहारी, ज्वाइँ र भाइलाई सत्तामा पु¥याउने मूल रणनीति लिएर अगाडि बढेका कारण पार्टी किनारामा आएको माओवादीमा लागेर न्याय नपाएकाहरुले पीडा व्यक्त गरेका छन् ।
दाहालको एकलौटी प्रवृत्तिले नारायणकाजी श्रेष्ठ, मातृकाप्रसाद यादव र जनार्दन शर्माले पार्टीमा असहमति व्यक्त गर्दै उस्तै परे पार्टी विभाजन गर्ने रणनीतिमा जुटेको समेत चर्चा चलेको छ । आफ्नो व्यक्तिगत स्वार्थका लागि पार्टीभित्रकै नेताहरुलाई षड्यन्त्र गरी दाहालले दिग्दार पारेको श्रोतले बताएको छ । संसदमा ३२ सिट लिएर कहिले एमाले र कहिले काँग्रेसको बुई चढेर प्रधानमन्त्री बन्दै आएका दाहालले पछिल्लो पटक २०८० फागुन २१ गते काँग्रेसको गठबन्धन छाडी आफ्नो भाइ नारायण दाहाललाई राष्ट्रियसभाको अध्यक्ष बनाउन एमालेतिरै फर्किएपछि गत असार ३० गते बालुवाटारबाट खुमलटार जान परेको समाचार श्रोतले बताएको छ ।
काँग्रेससँगको गठबन्धन तोडेको भए र स्वार्थको पछी नलागेको भए सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष कृष्णप्रसाद सिटौला बन्ने थिए र पुष्पकमल दाहालले अझ केही समय बालुवाटार छाड्नुपर्ने अवस्था नआउने भनी चर्चा चल्ने गरेको छ । उथलपुथलका नाममा काँग्रेस–एमालेलाई तर्साएर रजगज गर्दै आएका दाहाल अन्ततः आफ्नै कारणले पुपर््ुरो समाउन बाध्य भएको भुक्तभोगीहरुले बताएका छन् ।
अहिले दाहाल ‘कसैलाई माया गर्न भुल गरेँ मैले …..’ भन्दै खुमलटारमा समाजवादी मोर्चाको अभियानमा जुटेका छन् । काँग्रेसलाई नजरअन्दाज गर्दा दाहालले त्यसको परिणाम भोगेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *