राजदूत सिफारिसमा को को ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सरकारले विभिन्न १८ देशका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषदको बैठकले राजदूत सिफारिस गरेको हो ।
नयाँ राजदूतहरुको सिफारिस गर्नुपूर्व मन्त्रिपरिषदको बैठकले चीन, अष्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतलाई भदौ १५ गते भित्र फर्किसक्ने गरी फिर्ता बोलाएको थियो ।
निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले फिर्ता बोलाएका डा. शंकरप्रसाद शर्मालाई वर्तमान सरकारले निरन्तरता दिने भएको छ । यसअघि उनलाई फिर्ता बोलाउने निर्णय भई उनी स्वदेश फिर्ता नआई सकेको हालको अवस्थामा उनलाई फेरि भारतकै लागि राजदूतमा सिफारिस गरिएको छ ।
यसैगरी कान्ता रिजाल –अष्ट्रेलिया, नरेशविक्रम ढकाल –साउदी अरेबिया, प्रा.डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका, धनप्रसाद पण्डित – इजरायल र रामकृष्ण भट्टराई – श्रीलंकाका लागि राजदूत सिफारिस भएका छन् । यसैगरी सनिल नेपाल – स्पेन, डा.शैल रुपाखेती – जर्मनी, लोकदर्शन रेग्मी – अमेरिका, चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य (बेलायत), डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया र जंगबहादुर चौहान – रुसका लागि सिफारिसमा परेका छन् ।
यस्तै रमेशचन्द्र पौडेल – कतार, प्रा.डा.कृष्णप्रसाद ओली – चीन, सुम्निमा तुलाधर – डेनमार्क, नेत्रप्रसाद तिमल्सिना – मलेसिया, प्रकाशमणि पोखरेल – पोर्चुगल र रीता धिताल – पाकिस्तानका लागि राजदूतमा सिफारिस भएका छन् ।
यसअघिको सरकारले लोकदर्शन रेग्मीलाई भारतका लागि तथा चन्द्रकुमार घिमिरेलाई अमेरिकाको लागि राजदूतमा सिफारिस गरेको थियो । उनीहरुको संसदीय सुनुवाई बाँकी नै रहेको अवस्थामा नयाँ सरकारको आगमनसँगै उनीहरु राजदूतका लागि सिफारिसमा परे पनि देश भने परिवर्तन भएको छ । रेग्मीलाई यसअघि भारतका लागि सिफारिस गरिएको थियो भने अहिले उनलाई अमेरिकाको लागि सिफारिस गरिएको छ । यसैगरी यसअघि अमेरिकाको लागि सिफारिसमा परेका घिमिरे बेलायतको लागि राजदूत सिफारिस भएका छन् ।
राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *