काँग्रेसको निर्णयले कांग्रेसजनमा खुशियाली

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ नेपाली काँग्रेसले २०८४ को निर्वाचनमा एक्लै भिड्ने निर्णय गरेपछि कांग्रेसका कार्यकर्ताहरुमा खुशियाली छाएको छ ।
यसअघि २०७९ को निर्वाचनमा रुखमा मत हाल्ने कार्यकर्ताहरु अन्य दललाई मत हाल्नु पर्दा दुखित र निरास बनेका थिए । काँग्रेसको नीति विपरित चुनावी रणनीतिका कारण कतिपय ठाउँमा कार्यकर्ताहरु माओवादी, नेपा एस र जसपालाई मत हाल्न बाध्य भएका थिए । कतिपय दल त काँग्रेसकै मतका कारण राष्ट्रिय राजनीतिमा स्थापित हुन पुगेका छन् ।
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाको प्रतिवेदन परिमार्जनसहित पारित भएपछि काँग्रेसको काँध चढेर आफ्नो अस्तित्व बचाउन बानी परेका दलहरुलाई नराम्रो झड्का लागेको छ । काँग्रेसले २०८४ को निर्वाचनमा कसैसँग तालमेल नगरी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने निर्णय गरेपछि एमाले पनि एक्लै चुनाव लड्ने निर्णय गर्न बाध्य भएको छ । भाद्र १७ गते बसेको पोलिट्ब्यूरो बैठकले निर्णय गरेपछि २०८४ को निर्वाचन झनै रोचक हुने अपेक्षा गरिएको छ । कपितयले काँग्रेस र एमाले एक्लाएक्लै चुनावमा भिड्ने निर्णयले अन्य साना दलका सटरहरु बन्द हुने अवस्थामा पुगेको भनी टिप्पणी गर्ने गरेका छन् ।
गत भाद्र १६ गते प्रस्ताव पारित भएपछि अब काँग्रेसको ध्यान संगठन निर्माणमा केन्द्रित हुने काँग्रेसका नेताहरुले बताएका छन् । काँग्रेस महामन्त्री थापाको चुनावअघि कुनै पनि दलसँग गठबन्धन नगर्ने भन्ने शब्दलाई परिमार्जन गरी ‘आगामी चुनावमा एक्लै बहुमत ल्याउने’ विषय समावेश गरिएको छ । अब काँग्रेसको ध्यान वडा तहबाट गाउँ नगर कमिटीमा संगठन निर्माणमा जुट्ने जानकारहरुले बताएका छन् ।
यस्तो अवस्थामा काँग्रेसमा लागेका कार्यकर्ताहरु तीब्र प्रतिस्पर्धाबाटै नेतृत्वमा पुग्नेछन् । यसो भएमा नेतृत्वको आशीर्वाद स्वतः अन्त्य हुने समेत चर्चा चलेको छ । यता अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेताहरुको बहिर्गमन हुने बिषय हाललाई थाँती राखिएको छ । गत साउन २३ गतेदेखि शुरु भएको काँग्रेस केन्द्रीय समितिको बैठक गत भाद्र १६ गते सकिएको छ । महामन्त्री शर्माले काँग्रेसमा एक पटक राष्ट्रपति, २ पटक प्रधानमन्त्री, ३ पटक मन्त्री र ४ पटक भन्दा बढी सांसद हुन नपाइने प्रस्ताव पेश गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *