संवैधानिक परिषदको बैठक आज

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसको बारेमा छलफल गर्न संवैधानिक परिषदको बैठक शुक्रबार बोलाइएको छ । गएको बुधबारकालागि बोलाइएको उक्त बैठक आजका लागि सारिएको हो ।
नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि परिषदको बैठक डाकिएको बताइएको छ । प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था भएको तथा हालका प्रधानन्यायाधीश अवकाशको तयारीमा रहेको अवस्था छ । न्यायपरिषद सचिवालयले सर्वोच्च अदालतमा तीन वर्ष काम गरिसकेका आठ जना न्यायाधीशहरुको सूची संवैधानिक परिषदको सचिवालयमा पठाएकाले सोही विषयमा छलफल हुने बताइएको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउत सर्वोच्च अदालतमा बरिष्ठतम् न्यायाधीश हुन् । संवैधानिक परिषदले सर्वोच्च अदालतको बरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीशमा सिफारिस गर्ने गरेकाले राउतको नाम सिफारिस हुने अनुमान गरिएको छ । नाम सिफारिस र संसदीय सुनुवाइबाट अनुमोदन भए राउत डेढ वर्ष प्रधानन्यायाधीश हुने बताइएको छ ।
यसैगरी अन्य सातजना पनि प्रधानन्यायाधीशको रुपमा रोष्टरमा रहने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *