गृहमन्त्रीको लोकप्रियताप्रति प्रश्नचिन्ह

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली काँग्रेसका प्रभावशाली नेता एवं गृहमन्त्री रमेश लेखकप्रति काँग्रेसका केही नेताले नै विरोधका लागि विरोध शुरु गर्न थालेका छन् । गृहमन्त्री बनेको तीन महिना नपुग्दै गृहमन्त्री लेखकलाई ‘सिन्को पनि नभाँचेको’ भनी विरोध शुरु भएको छ ।
गृहमन्त्री लेखकले थुप्रै ऐन र नीतिगत सुधारहरु गरेको बताइने गरे पनि कांग्रेसभित्रै उनको विषयलाई लिएर प्रश्न उठ्न थालेको हो । बौद्धिक नेताका रुपमा चिनिएका नेता लेखक कानूनका जानकार पनि हुन् । गृहमन्त्री बन्नु अगाडि उनी काँग्रेसको् प्रमुख सचेतक थिए ।
तार्किक र तथ्य परक अभिव्यक्तिका कारण उनको उचाई बढिरहेको अवस्थामा सत्तामा पुगेपछि उनको उचाई खस्किएको भनी ‘स्याल हुँइया मच्याउन थालिएको’ छ । सहकारी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई कारबाही गर्न मन्त्री लेखकले नेपाल प्रहरीलाई निर्देशन दिसकेका छन् । दुई तिहाई बहमुत प्राप्त शक्तिशाली नेकपा (एमाले) का खड्गप्रसाद शर्मा ओलीको मन्त्रिपरिषदमा काँग्रेसबाट मन्त्री बनेकाहरुमध्ये गृहमन्त्री लेखकको कार्यलाई प्रशंसायोग्य भन्ने गरिन्छ । यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको काम कारबाहीको प्रशंसा गर्न लायक रहेको काँग्रेसका नेताहरुले नै बताएका छन् ।
गृहप्रशासन, स्वास्थ्य सेवा र परराष्ट्र सम्बन्धप्रति उनीहरुले खेलेको भूमिका सन्तोजनक रहेको चर्चा चलेको छ । काँग्रेसका अन्य मन्त्रीहरुले पनि जनताका पक्षमा ‘डेलिभरी’ दिन कोशिस गरिरहेको जानकारहरुले बताएका छन् ।
यसै सन्दर्भमा गत असोज १२ गतेदेखि परेको भारी बर्षाले आएको बाढी पहिरोले देशैभरको जनजीवन अस्तव्यस्त बनाएकोप्रति गृहमन्त्री लेखकमाथि आक्रोश पोख्ने कार्य भएको हो । उनले उद्धार तथा राहतका लागि सक्रिय भूमिका खेलेको अवस्थामा ललितपुरको नख्खु खोलामा आएको बाढीमा आफूलाई बचाउन चारजनाको हारगुहार मागेको र सरकारको फितलो तयारी र ढिलासुस्ती भनी गृहमन्त्रीमाथि प्रश्नचिन्ह उठाइएको हो ।
शान्ति सुरक्षा व्यवस्थापनमा गैरजिम्मेवार बनेका धादिङका सिडिओ, एसपी र काभ्रेका सिडिओहरुलाई गृहमन्त्रालयमा तानेर ती जिल्लामा नयाँलाई पठाइएको गृहश्रोतले बताएको छ । चुस्त सार्वजनिक सेवा प्रवाह विधि र कानूनी शासनको प्रत्याभूतिमा गृहमन्त्री दत्तचित्त रहेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *