काठमाडौं/ राजनीतिक वृत्तमा नेपाली काँग्रेसका दुईजना र नेकपा (एमाले) का दुई वा तीनजना मन्त्रीहरुलाई हटाइने चर्चा चलेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा डडेलधुराको जिल्ला भ्रमण सकेरकाठमाडौं फर्केलगत्तै प्रधानमन्त्रीको निवास बालुवाटारमा दुई नेताबीच यो विषयमा सहमति भएको समाचार श्रोतले बताएको छ । मध्य मंसिरमा चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री खड्गप्रसाद र्मा ओलीले त्यस अगाडि नै मन्त्रिमण्डल पुनर्गठन गर्ने बताइएको छ । सुशाशासन र जनतालाई लाभपुग्ने गरी कार्य गर्न नसक्ने बरु उल्टै मन्त्री पदलाई कमाई खाने भाँडो बनाउने मन्त्रीहरुलाई हटाउने तयारी प्रधानमन्त्रीले थालेका जानकारहरुले बताएका छन् ।
पछिल्लो समय एमालेबाट मन्त्री बनेका भूमि व्यवस्था गरिबी निवारण तथा सहकारी मन्त्री बलराम अधिकारीलाई गत असोज १५ गते भएको सरुवामा असोज ३ गतेको मिति राखेर कर्मचारीहरुको सरुवा गर्दा करोडौं भोजन गरेको आरोप लागेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले गरेको सरुवामा महानिर्देशक कृष्णप्रसाद सापकोटाले व्यापक आर्थिक चलखेल गरी सरुवा भै सकेका छन् ।
यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमाथि पनि स्थानीय तहमा कर्मचारीहरुको सरुवा गर्दा मोटो रकम लिएको उजुरी बालुवाटारमा परेको छ । त्यसैगरी मन्त्री पदबाट फिर्ता बोलाइन लागेका एमालेका अर्का हुन्– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदरभण्डारी । भण्डारीलाई उद्योगीहरुको पक्षमा राम्रो काम नगरेको र बजार अनुगमनमा प्रभावकारी भूमिका खेल्न नसक्दा महँगीले जनताको ढाड सकेको र मुल्यवृद्धि रोक्न नसकेको लगायतका आरोप लागेका छन् ।
यसैगरी काँग्रेसबाट पर्यटन नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई काँग्रेसकै सांसद राजेन्द्र बजगाईले भैरहवामा क्यासिनो सञ्चालन गर्न अनुमति दिँदा करोडौं रकम खाएको आरोप लगाएका छन् । यसैगरी नेपाल वायुसेवा निगमको अवस्था सुधार गर्न नसकेको तथा हवाईमाफियाहरुसँग साँठगाँठ गरेको लगायतका आरोप लागेपछि मन्त्री पद धरापमा परेको समाचार श्रोतले बताएको छ । मन्त्री पाण्डेले आफूमाथि लागेको आरोपको छानविन गर्न काँग्रेसको अनुशासन समितिमा उजुरी दिएको श्रोतले जानकारी दिएको छ ।
त्यसैगरी वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीलाई अजरवैजानको कोप– १९ सम्मेलनमा मन्त्रालयका लावालस्करलिएर गएको र परिणाम देखिने काम गर्न नसकेको आरोप लागेपछि उनको पनि मन्त्रीबाट कित्ताकाट हुने बताइएको छ । मन्त्री बनेको सय दिन बितिसक्दा पनि जनताको पक्षमा नभै आफ्नो पक्षमा मात्र ध्यान दिँदा मन्त्री पद जाने भएको हो ।
हट्ने चर्चा चलेका कांग्रेस र एमालेका मन्त्रीहरु
Facebook Comments Box