काठमाडौं/ नेपाली कांग्रेसले द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा १० सदस्यलाई मनोनयन गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले दलको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे प्रमुख रहेको उक्त विभागमा सदस्यहरु थप गरेका हुन् ।
मनोनयन गरिएकामा गणेश चन्द (सल्यान), मधुसूदन पाण्डेय (काठमाडौं), हेमलाल पुन (गुल्मी), धर्मराज न्यौपाने (अछाम) र सिर्जना सिंह श्रेष्ठ (काठमाडौं) रहेका छन् । यसैगरी रेखा प्रसाई (सुनसरी), जुमराती नदाफ (धनुषा), लक्ष्मी परियार (तनहुँ), रेणु चौधरी (कैलाली) र अनिता अर्याल (चितवन) रहेको भनी कांग्रेसले जनाएको छ ।
Facebook Comments Box