जनमतलाई सभामुखको चुनौति

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सभामुख देवराज घिमिरेले जनमत पार्टीले आफूमाथि अनर्गल प्रचार गरेको आरोप लगाएका छन् । उनले जनमत पार्टीबाट सांसद बनेकी गोमा लाभ सापकोटा आफ्नो नातेदार भएको भन्ने अनर्गल प्रचार भएको भन्दै त्यसलाई पुष्टि गर्न चुनौती दिएका छन् ।
जनमत पार्टीले सापकोटालाई समानुपातिक सांसदबाट हटाउन भन्दै चार पटकसम्म पत्र लेखे पनि घिमिरेले त्यसलाई मान्यता दिएका छैनन् । सभामुख घिमिरेले पदमुक्त गर्नुपर्ने आधार नरहेको भन्दै इन्कार गरिदिएको अवस्थामा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सि.के.) राउत आगो भएका छन् ।
राउतको दल यत्ति आगो भएको छ कि त्यो दलले विज्ञप्ति नै जारी गरेर सभामुखको शैलीप्रति आपत्ति प्रकट गरेको छ । जनमत पार्टीले जारी गरेको विज्ञप्तिमा ‘सभामुखको नातेदार र समुदायको मान्छे’ भएको उल्लेख गर्दै घिमिरेकै राजीनामा समेत माग गरेको थियो । यस्तो अवस्थामा संसद् सचिवालयले सभामुखले कानून अनुसार निर्णय लिएको भनी विज्ञप्ति जारी गरेको छ । घिमिरेको नीजि सचिवालयले एक विज्ञप्ति निकाल्दै ‘माननीय सापकोटा सभामुखको नातेदार भएको भन्ने आरोप पुष्टि गर्न चुनौति दिन चाहन्छु ।’ भनी घिमिरेले उल्टै चुनौति दिएका छन् ।
‘संसदीय कार्यहरू संविधान, कानून, संसद नियमावली र अभ्यास बमोजिम सञ्चालन हुन्छन्, सभामुखले गरेका निर्णय पनि त्यसबाहिर छैनन् भन्ने स्पष्ट पार्न चाहन्छु,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘जनमत पार्टीलाई ‘माननीय सापकोटा सम्माननीय सभामुखको नातेदार भएको’ भन्ने आरोप पुष्टि गर्न चुनौती दिन चाहन्छु ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *