ललितपुर/ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले राष्ट्रिय भेला बोलाएको छ । यहि पुस २२ र २३ गतेकालागि दलका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेला बोलाइएको विज्ञप्ति जारी गरिएको छ ।
उक्त राष्ट्रिय भेलाको उद्घाटन कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने जनाइएको छ । कांग्रेसको केन्द्रीय कार्यालय सानेपास्थित बी.पी. स्मृति भवनको सभाकक्षमा हुने कार्यक्रममा तरुण दलका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्षहरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको विज्ञप्तिमा जनाइएको छ ।
यसैबीच कांग्रेसको उद्योग तथा व्यापार विभागमा १० जनालाई मनोनीत गरिएको छ । कांग्रेसका सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को दफा २५(९) बमोजिम मनोनीत गरिएको जनाइएको छ ।
केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा मनोनीत हुनेमा खगेश्वर बोहरा–कञ्चनपुर, मीनबहादुर भण्डारी–जुम्ला, ध्रुव खड्का–काठमाडौं, जमसेर अलि मियाँ–कपिलबस्तु र सीताराम परियार– काभ्रेपलाञ्चोक रहेका छन् । यसैगरी शम्भुहरि बाँस्तोला–सोलुखुम्बु, सञ्जीव घिमिरे–झापा, जुनु गुरुङ–लम्जुङ, ई. विजयकुमार सिंह–रौतहट र राजीव श्रेष्ठ–काठमाडौं पनि सदस्यमा मनोनीत बनेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
तरुणहरु केन्द्रमा, विभागमा मनोनीत
Facebook Comments Box