कांग्रेसको प्रदेश विभागमा को को ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ नेपाली काँग्रेसले प्रदेश समन्वय विभागमा १० जनालाई सदस्यमा मनोनयन गरेको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहेको उक्त विभागमा दश जनालाई सदस्यमा मनोनयन गरेका हुन् । मनोनीत हुनेमा कास्कीका कृष्णबहादुर के.सी., नवलपुरकी सुमीत्रा खनाल, चितवनका विजय भुसाल, नवलपरासीका राधेश्याम पाठक र सुनसरीका ब्रह्मप्रकाश रौनियार रहेका छन् । यसैगरी धनुषाका मेघनाथ यादव, कैलालीका झनकराज तिमिल्सिना, कालिकोटका भीमबहादुर शाही, काभ्रेपलाञ्चोकका जीतबहादुर लामा र नवलपुरका सन्तोष कोइरालालाई पनि सदस्यमा मनोनीत गरिएको छ ।
देउवाले काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *