ललितपुर/ नेकपा (एमाले) बाट अलग भएर लामो समय राष्ट्रिय एकता अभियानको संयोजक बनेका वामदेव गौतम अन्तत नेकपा एमालेमा फर्किने चर्चा बढेको छ । एमालेका अध्यक्षसँग पछिल्लो पटक भेटवार्ता गर्दा एकता भैहाल्ने भनी हौषिएका गौतमलाई एमालेले भने अन्यौलमै राखिदिएको छ ।
एकता गर्ने भनी मख्ख परिरहेका गौतमको समूहसँग एमालेले सहकार्य गर्ने भनी समाचारहरु बाहिरिएपछि गौतम आगो भएका छन् । टिकटकमा हाल भाइरल भैरहेको एउटा क्लिपमा गौतमले पत्रकारसँग एमालेसँगको एकताको कुरालाई लिएर आक्रोश पोखेका छन् । उनले सहकार्य रे भन्ने कुराबाट दिक्क हुँदै सहकार्य गर्दै गर्दै पछि प्रवेश गराउने होला नि भन्दै आक्रोश पोखेका छन् ।
कुनै बेला एमालेको उपाध्यक्ष समेत रहेका गौतमको राष्ट्रिय एकता अभियान नामक सटर नचलेपछि पछिल्लो समय नेकपा एकीकृत समाजवादी (नेकपा एस) पार्टीमा प्रवेश गर्ने तयारी गरिरहेका थिए । सो दलमा पनि गौतमले आफ्ना नेताहरुको व्यवस्थापनको कुरा उठाएर झन्झट दिएपछि एसले पनि चासो दिएको थिएन । त्यसैले अस्थिर नेताको पहिचान बनाएका गौतमलाई एमालेले सम्मानजनक पद दिएर प्रवेश गराउने चर्चा चलेको हो ।
गौतम संयोजक रहेको राष्ट्रिय एकता अभियानका अन्य नेताहरु भने पुरानै घर नेकपा (माओवादी केन्द्र) तिर फर्किने बताइएको छ । उमेरले डाँडो काटीसकेका र ऊर्जाशील समय पनि सकिएका गौगतलाई एमालेमा भित्र्याएर पार्टी सशक्त बन्न नसक्ने जानकारहरुले बताएका छन् । एमालेमा आफ्नो आलोचकहरुलाई सिध्याउँदै एकछत्र राज गर्दै आइरहेका पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले सधैं गौतमलाई रातोकार्पेट ओछ्याएर जिम्मेवारी दिनेमा आशंका पैदा हुन थालेको छ ।
पार्टीको काममा भन्दा एमालेमा प्रवेश गरेर आगामी २०८४ को चुनावमा टिकट लिएर चुनाव जित्ने र मुलुकको प्रधानमन्त्री बन्ने सपना देखेका गौतमलाई एमालेकै अन्य नेताहरुले कसिङ्गर ठानेको जानकारहरुले बताएका छन् । अध्यक्ष ओलीले राधाकृष्ण मैनाली, सि.पी. मैनाली, माधवकुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल र डा. भीमबहादुर रावल जस्ता नेताहरुलाई किनारा लगाएको अवस्थामा नेता गौतम पनि अछुतो नरहने चर्चा चलेको छ । एमालेमा अध्यक्ष ओलीको बफादार बन्न नसकेर आँखा लगाए पुरानै इतिहास दोहोरिने बताइएको छ ।
सुदुर पश्चिममा नेता गौतम एमालेबाट अलग भएर लामो समय नेकपा राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतमको सटर नचलेपछि अन्तत भै–नभै पुरानै जोई भन्ने उखानलाई चरितार्थ गर्दै नेकपा एमालेमा प्रवेशको तयारी गरेका हुन् ।
अस्थिर नेता वामदेव अझै अलमलमै
Facebook Comments Box