काठमाडौं/ ऊर्जा व्यवसायी समेत रहेका नेपाली काँग्रेसका सांसद दीपक खड्का अहिले काँग्रेस एमालेको गठबन्धन सरकारमा ऊर्जा सिचाई तथा जलश्रोत मन्त्री बनेका छन् । ऊर्जामन्त्री बनेको सात महिनामै खड्का काण्डैकाण्डको भुमरिमा परेका छन् ।
देशको हित र ऊर्जाक्षेत्रको संकटलाई भन्दा आफ्नो आफ्नो व्यवसायको मात्र पक्षपोषण गर्दै आइरहेका मन्त्री खड्काले हाइड्रोपावरका व्यापारीहरुको सेटिङमा काम गर्ने गरेको जानकारहरुले बताएका छन् । शुरुमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको डेडिकेट र टं«कलाइन विवादमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक खड्काले पनि सरकारलाई असहयोग गरेको निहुँमा स्पष्टीकरण र मौखिक जवाफ सोधेर हुर्मत लिँदै आएका छन् ।
दोश्रो कार्यकाल सकिन करिव सात महिना बाँकी रहँदै मन्त्रीलाई स्पष्टीकरण चित्त नबुझे हट्न सक्ने समेत बताएका छन् । ऊर्जा आयोगको सचिवबाट ऊर्जा मन्त्रालयमा सरुवा भएका सचिव गोपाल सिग्देललाई एक डेढ महिनामै हटाएर आफ्नो स्वार्थ अनुसार चल्ने सचिव सुरेश आचार्यलाई ल्याएका मन्त्री खड्काले मन्त्रालय मातहतका विभाग र योजनाहरुमा वरिष्ठहरुलाई भन्दा आफ्ना भक्त ल्याएर सरुवा आतंक मच्चाएको जानकारी प्राप्त भएको छ ।
सेटिङ्गमा दिन लागिएका यी दुई जलविद्युतको ठेक्का प्रकृया रद्द भएको छ र संसद्को सार्वजिक लेखा समितिले मन्त्री खड्कासँंग स्पष्टीकरण समेत सोध्ने भएको छ ।
अवैधानिक समिति र प्राधिकरणको मुख्य कार्यालयमा समेत कार्यालय खोली कार्यकारी निर्देशक घिसिङलाई सताउने काम मन्त्री खड्काले गर्दै आएका छन् । पछिल्लो समय १९ सय मेगावाटको मुगु–कर्णाली र किमानथान्का– अरुण ४५६ मेगावटको जल विद्युत योजनामा पाँचवटा प्रतिस्पर्धी कम्पनीहरुमध्ये कांग्रेस निकटकालाई मात्र पोष्ने प्रयत्न उनले गरेको बताइएको छ । खड्काले अरुलाई क्राइट एरियामै नपार्ने कार्य गरी काँग्रेसका सांसद एवं व्यापारी विनोद चौधरीलाई मुगु–कर्णाली र काँग्रेसकै अर्का सांसद एवं मेडिकल व्यापारी सुनिल शर्मालाई किमानथांका–अरुणको ठेक्का पारी मोटो रकम उठाएको आरोप उनीमाथि लागेको छ । मन्त्री खड्काका विरुद्ध यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको समाचार श्रोतले बताएको छ ।
काण्डैकाण्डले चर्चित ऊर्जामन्त्री खड्का
Facebook Comments Box
