कांग्रेसको स्टार्टअपमा विदेशीको चासो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले शुरु गरेको स्टार्टअप तथा एसएमई सम्मेलन हिजो सकिएको छ ।
कांग्रेस कार्यालय सानेपामा बुधबारदेखि शुरु सम्मेलनमा विदेशी कूटनीतिज्ञहरु पनि सहभागी भएका थिए । सम्मेलनमा नेपालका लागि इजरायली राजदूत सुमुलिक एरी बास, दक्षिण कोरियाका राजदूत पार्क ताइ योङ, इजिप्टका लागि नेपाली दूतावासका डिसिएम मोहम्मद कान्डिल, भारतीय दूतावासका कमर्स सेक्रेटरी सुमन शेखर र बेलायती दूतावासका राजनीतिक सल्लाहकार सुमित शर्माको सहभागिता रहेको कांग्रेसको केन्द्रीय कार्यालयले जनाएको छ ।
सम्मेलनमा सहभागीले नेपालको ठूलो दल कांग्रेसले स्टार्टअप प्रवद्र्धनका लागि गरेको प्रयासको प्रशंसा गरेका थिए । उनीहरुले राखिएका विभिन्न स्टलहरुको अवलोकन गर्नुका साथै हस्तकला अनुपम भएको भन्दै प्रशंसा गरेका थिए । कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको उक्त सम्मेलनमा विभिन्न नेपाली हस्तकला तथा घरेलु उत्पादनका सामग्रीहरु प्रदर्शन गरिएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *