काठमाडौं/ नेपाल सांस्कृतिक महासंघले नेपाली कांग्रेसलाई सहयोग पुग्ने गरी अभियान चलाएको छ । महासंघले देशभर ‘विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान’ चलाएको हो ।
महासंघका अध्यक्ष तीर्थबहादुर थापाले कांग्रेसले गरेका क्रियाकलाप, उपलब्धि, सामाजिक रुपान्तरका महत्वपूर्ण घटनाहरु र भावी योजनाबारे देशभरका जनतासमक्ष पु¥याउन अभियान थालिएको जानकारी दिए । उनले महासंघ कांग्रेसको भ्रातृसंस्था भएका हिसाबले सांस्कृतिक अभियानमार्फत कांग्रेसले गरेका कामबारे जानकारी दिने उद्देश्य लिइएको स्पष्ट पारेका छन् । उनले भने, ‘नेपालको परिवर्तनमा नेपाली कलाकर्मीको महत्वलाई पनि हामी प्रस्ट्याउने छौँ, जनमानसमा रहेको केही भ्रम चिर्न पनि महासंघले यो अभियान शुरु गरेको हो ।’ थापाले माघ २४ गते कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा उद्घाटन भई सो अभियानको शुरुआत भएको जानकारी दिए ।
महासंघका महामन्त्री शिवशंकर रिजालले पहिलो चरणमा सातै प्रदेशको हरेक जिल्लामा कार्यक्रम हुने जानकारी दिएका छन् । ‘जनतामाझ कांग्रेसलाई अझ नजिकबाट चिनाउन यो अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ, साथै यो अभियानमार्फत स्थानीय कला र संस्कृतिको प्रवद्र्धन पनि हुनेछ ।’ रिजालले भने । लोक गायक विमलबहादुर क्षेत्रीको सो अभियानमा नेतृत्वदायी भूमिका हुने महासंघले जनाएको छ ।
कांग्रेसलाई चिनाउन सांस्कृतिक अभियान
Facebook Comments Box
