राप्रपा पनि आन्दोलनमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं उपत्यका केन्द्रित आन्दोलनको तयारी गरेको छ । राप्रपा आन्दोलन परिचालन मूल समितिले पार्टी पूर्णरुपमा आन्दोलनमा होमिने निर्णय गरेको राजेन्द्र लिङदेनले जानकारी दिएका छन् ।
बैठकले चैत्र २६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय विरोधसभा सहितको प्रदर्शन गर्ने र बैशाख ७ गतेबाट राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको बताइएको छ ।
राजसंस्था, हिन्दुराष्ट्रको पक्ष र संघीयताको विपक्षमा शान्तिपूर्ण रुपमा हुने जुनसुकै आन्दोलनलाई समर्थन गर्ने निर्णय पनि गरिएको अध्यक्ष लिङदेनले जानकारी दिएका छन् । सोही बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय सरकारले गरेकोले त्यसको विरोध गर्ने निर्णय पनि गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *