काठमाडौं/ सरकारले १ महिना बितिसक्दा पनि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न सकेको छैन । राम्रो भन्दा हाम्रो मान्छेलाई राष्ट्रबैंकको गभर्नर बनाउने घन थापले गत २०८१ च्ौत्र २५ गतेदेखि राष्ट्र बैंकको गभर्नर पद रिक्त रहेको छ । सत्ता सहयात्री दल नेपाली काँग्रेस र नेकपा (एमाले) बीच गभर्नर काँग्रेसलाई र निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त एमालेलाई दिने सहमति भएको जानकारहरुले बताएका छन् ।
राष्ट्र बैंकको गभर्नर बन्ने व्यक्ति ५ वर्षसम्म नफेरिने हुँदा सरकार जसको भए पनि गभर्नर आफ्नो हुनुपर्ने अडानमा काँग्रेस र एमाले न्वारनदेखिको बल लगाएर पद हात पार्न लागिपरेका छन् । यता, गभर्नर नियुक्तिमा झापा निवासी कायम मुकायम गभर्नर नीलम ढुंगाना तिम्सिना बाधक बनेको खबर बाहिरिएपछि प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको कुटिल चाल रहेको बुझाई काँग्रेस वृत्तमा छ । प्रधानमन्त्री ओलीबाट गभर्नर नियुक्तिमा काँग्रेसलाई कुनै असहयोग नभएको काँग्रेस सभापति शेरबहादुर देउवाले बताए पनि ओलीमाथि शंका गर्ने ठाउँ रहेको बुझाइमा कांग्रेसका नेताहरु रहेका छन् ।
भित्री रुपमा प्रधानमन्त्री ओलीले ढुंगानालाई नै गभर्नर बनाउन कायम मुकायम दिएको चर्चा चलिरहेको छ । हालसम्म पनि काँग्रेसले सिफारिस गरेका डा. गुणाकर भट्टको राजीनामा ढुंगानाले स्वीकृत नगर्नुले षडयन्त्रको गन्ध आएको समाचार श्रोतले बताएको छ । गत चैत्र २५ गतेपछि गभर्नर सिफारिस समितिको बैठक नबस्नु र पूर्वगभर्नर विजयनाथ भट्टराईको राजीनामापछि एमालेकै ट्याग लागेका हालैमात्र सेवानिवृत्त भएका गभर्नर महाप्रसाद अधिकारी सिफारिस समितिमा ल्याइनुले थप आशंका पैदा भएको बताइन्छ ।
विधि, पद्धति र प्रकृयाभन्दा स्वार्थको राजनीतिक खिचातानीले मुलुक भड्खालोमा पर्ने अवस्थामा पुगेको छ । यता, काँग्रेस सभापति अबको १४ महिनापछि प्रधानमन्त्री बन्ने लोभमा सम्पूर्ण कुराहरु एमालेलाई दिएको ‘हेरेको हेरेइ’ बन्न सक्ने चर्चा पनि चलेको छ । काँग्रेसबाट ऊर्जाराज्यमन्त्री बनेका पूर्णबहादुर तामाङ (कान्छाराम) र एमालेकै शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा र कुलमान घिसिङलाई प्रधानमन्त्री ओलीले ‘छु मन्तर’ गरेर काँग्रेसलाई नसोधी हटाएका थिए । बजेट र मौट्रिक नीति बनाउने बेलामा गभर्नर खाली राख्नु जिम्मेवारीपन नभनिएको भनी आलोचना भैरहको छ ।
गभर्नर नियुक्ति प्रकरणले देउवा ओलीबीच दरार
Facebook Comments Box
