एमालेमा ओलीलाई धक्का : निर्विकल्प नबन्ने, शक्तिको दुरुपयोग

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ आफ्ना विरोधीहरु सबैलाई कि पाखामा कि त बोल्न नसक्ने अवस्थामा पु¥याएर मख्ख परेका नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद ओलीलाई पछिल्लो समयमा धक्का लाग्न थालेको छ । एमालेलाई राजनीतिक दलको रुपमा भन्दा पनि आफ्नो निजी कम्पनी (प्रा.लि.) को रुपमा संचालन गर्दै आएको आरोप ओलीमाथि लाग्दै आएको छ । यस्तो अवस्था आउनुमा उनले आफूलाई निविकल्प देखाउन चाहेको भनी चर्चा चल्ने गरेको छ । ओलीले आफूलाई निर्विकल्प बनाउन चाहे पनि पछिल्ला घटनाक्रमहरुले त्यसविपरितको अवस्था सिर्जना गरिरहेको देखाएको छ ।
ओलीसँगै एमालेमा माधवकुमार नेपाल, झलनाथ खनालहरु रहँदा उनीहरु ओलीका प्रतिस्पर्धीका रुपमा रहेका थिए । उनीहरु नेकपा (एकीकृत समाजवादी) नामक दल स्थापना गरी अर्को बाटो लागेपछि ओली मख्ख थिए । नेता नेपाल र खनाललाई साथ दिंदै आएका तर अन्तिम समयमा एमालेमै रहेका नेताहरुलाई आफ्नो औंलामा नचाउँदै आएका ओली आफू जीवनभरका लागि एमालेका अध्यक्ष रहने सोचका साथ अघि बढिरहेका छन् । भीमबहादुर रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेशकुमार भट्टराई, गोकर्ण विष्ट, भीमप्रसाद आचार्यलगायतका नेताहरु अन्तिम समयमा एमालेमै रहेका थिए ।
त्यसो त एमालेमा रहेका १० जना नेताहरुलाई पेलेरै ठीक पार्दै आएका ओली आफ्नो विरुद्धमा कसैले आँखा उठाउन नै नसक्ने भन्ने पक्षमा थिए । यस्तो अवस्थामा रावलले उनीसँग पौठेजोरी गर्दै आए । एमालेको कथित महाधिवेशनमा आफूलाई सर्वसम्मत बनाउन ओलीले भरमग्दुर प्रयास गरे पनि रावलले उम्मेदवारी दिएर उनलाई सर्वसम्मत हुन दिएनन् । त्यसबाट आगो भएका ओलीले उनलाई पेल्दै गए र अन्तत एमालेबाटै निष्कासन गरिदिए ।
यसैगरी अन्य केहीलाई मात्र दलमा केही स्थान दिएर बाँकीलाई पेण्डुलम बनाउने कार्य ओलीले गर्दै आएका छन् । यसरी आफू निकटकालाई अवसर दिने तर अरुलाई पेल्ने कार्य ओलीले गर्दै आए । ओलीको यो शैलीले एमाले भित्र उकुसमुकुसको वातावरण बन्न पुग्यो । ओलीका विरुद्धमा आवाज उठाउनेहरुले ओलीको चाहनाविपरित आफूलाई फरक कित्तामा उभ्याउन थाले ।
दुई कार्यकाल राष्ट्रपति खाएर दलीय राजनीतिभन्दा माथि उठेर बस्दै आएकी विद्या भण्डारीलाई अहिले एमालेको राजनीतिमा सक्रिय गराउने प्रयास भैरहेको छ । आफ्नो सबै जीवन एमालेमै लागेको तथा आफ्ना पति मदन भण्डारीको पनि एमाले बनाउन ठूलो योगदान रहेको भन्दै आएकी भण्डारी पनि एमालेको नेतृत्वमा आउन चाहि रहेकी छिन् । यसका लागि उनले विभिन्न प्रयासहरु पनि थालेको अवस्था छ ।
आफ्नो विकल्प कोही हुँदैन भन्ने सोचका साथ अघि बढिरहेका ओलीलाई अहिले भण्डारीको सक्रियताले झड्का दिएको छ । भण्डारी विभिन्न ठाउँमा पुगी एमालेको कार्यक्रममा सक्रियता देखाउन थालेकी छिन् । यस्तो अवस्थामा भण्डारीले एमालेको अबको अध्यक्ष पदका लागि उम्मेदवारी दिनका लागि उमेर हदको व्यवस्था हुनुपर्ने भन्ने कुरा उठाउन थालेकी छिन् ।
७० वर्षे उमेर हदको व्यवस्था लागू हुनु्पर्ने भन्ने कुरा एमालेमा उठ्न थालेको छ । ओली अहिले नै ७४ वर्षका भएका कारण अब ओलीलाई उम्मेदवार बन्नबाट रोकिनुपर्ने पक्षमा एमालेमा आवाज उठ्न थालेको छ । यसको पक्षमा भण्डारी स्वयम्ले नेतृत्व गरिरहेको बताइएको छ ।
उता, एमाले वा एमालेका भातृसंस्थाहरुमा आफूले जे वा जो भन्यो त्यही हुनुपर्ने भन्ने मान्यता ओलीले बोक्दै आएका छन् । उनी टीके प्रथाको पक्षमा देखिएका छन् । पछिल्लो समयमा विभिन्न भातृसंस्थामा ओलीको चाहना विपरित निर्वाचन हुन थालेको छ । कतिपय भातृसंस्थामा त ओलीइतरका उम्मेदवारले विजयको माला पहिरिएका छन् । यसले ओलीलाई झड्का दिन थालेको देखाएको छ ।
ओलीको चाहनाविपरितका उम्मेदवारहरुले एमाले निकटका कानून व्यवसायीहरुको संगठनमा जितेर आएका छन् । ओलीले जसलाई सर्वसम्मत बनाउन चाहेका थिए उनैले पराजय भोग्नु परेको अवस्था छ । यसैगरी वुद्धिजीवी परिषदमा पनि निर्वाचन नै गराएर ओली पक्षधरलाई हराइएको छ । विद्यार्थी संगठनदेखि युवा संघसम्म ओलीले टीका लगाउन चाहे पनि त्यसलाई ओलीइतर पक्षले मान्यता दिएन । यस्तो अवस्थामा ओली आफ्नो साख गुग्दै गएको भनी सोचमग्न अवस्थामा पुगेका छन् ।
पछिल्ला घटनाक्रमले ओली आसन्न महाधिवेशनमा अध्यक्षको उम्मेदवार नै नबन्ने खतरा बढेर गएको छ । उनी जालझेल गरेर उम्मेदवार नै बने पनि सर्वसम्मत हुने संभावना टरेको भनी एमालेवृत्तमा चर्चा चल्न थालेको छ ।
यसरी आफू सर्वसम्मत नहुने अवस्थाको आँकलन गर्न थालेका ओलीले प्रधानमन्त्री रहेको यो बेला शक्तिको दुरुपयोग गर्ने संभावना रहेको भनी भन्न थालिएको छ । यसो हुनुमा सत्तामा भएका बेलामा आफ्ना विरोधीहरुलाई विभिन्न बहानामा कानूनको फन्दामा पार्न सकिने अवस्थाको प्रयोग गर्न सकिने भनी एमाले नेताकार्यकर्ताहरु त्रसित अवस्थामा रहेका छन् ।
उता, शक्तिको दुरुपयोग हुनबाट रोक्नका लागि पनि पूर्वराष्ट्रपति विद्या भण्डारीलाई नै अघि सारिनुपर्ने पक्षमा ओलीइतरका मानिसहरु देखिन थालेका छन् ।

सहकारी काण्डका भण्डारी अनुसन्धानमा
काठमाडौं÷ मितेरी सहकारी ठगी प्रकरणका अभियुक्त ज्योतिबहादुर भण्डारीविरुद्ध नागरिकता र राहदानीमाथि छानविन हुने भएको छ ।
कम्बोडियाबाट पक्राउ गरेर बुधबार राति काठमाडौं ल्याइएका उनीसँग दुई फरक नम्बरका नागरिकता र राहदानी रहेको खुलेको बताइएको छ । यस विषयमा पनि छानविन हुने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जानकारी दिएको छ ।
भण्डारीको नाममा कास्की र बर्दियाबाट दुई फरक–फरक नागरिकता र राहदानी लिएको पाइएको सीआईबीका एसपी तथा प्रवक्ता युवराज खड्काले सार्वजनिक गरेका हुन् । ललितपुरमा कार्यालय रहेको मितेरी सहकारीको रकम अपचलन गरेर उनी फरार रहँदै आएका थिए । उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस समेत जारी भएकाले उनलाई कम्बोडियामा पक्राउ गर्न प्रहरी सफल भएको हो ।
४२ वर्षीय भण्डारी बर्दियाको बाँसगढी गाउँपालिका–७ का स्थायीबासी हुन् । उनले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङमार्फत सहकारीको रकम लिएर घोटाला गरेको आरोप छ । उनले उक्त रकम क्रिप्टोमार्फत विदेश पु¥याएको प्रहरीले आशंका छ ।
उक्त रकम शुरुमा थाइल्याण्ड लगेर भण्डारी त्यहीाँ बसोबास गरेको पाइएको प्रहरीले बताएको छ । आफूले अपचलन गरेको रकम फिर्ता गरिदिने भन्दै उनले ह्वाट्स एपमार्फत मितेरी सहकारीका पदाधिकारीसँग कुराकानी गरेको प्रहरीले बताएको छ ।
भण्डारीले मितेरी सहकारीका सचिव कृष्णबहादुर रानाको ग्लोबल आईएमई बैंकको इन्द्रचोकको शाखामा ३३ करोड ११ लाख रुपियाँ पार्सल गरी पठाएको छु भन्दै ह्वाट्स एपमार्फत टोकनको फोटो पठाएको तर रकम भने नभई झुक्याएको प्रहरीले बताएको छ ।
सहकारीका १४४ जना बचतकर्ता र सञ्चालकहरुको समेत गरी करिब १४ करोड रुपियाँ अपचलन गरिको आरोप छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *