काठमाडौँ/ देशमा राजनीतिक गर्मी बढिरहेको बेला सत्तारुढ दल नेपाली कांग्रेसको आज शुक्रबार बैठक बस्ने भएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार बिहान पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक डाकेका छन् ।
आफ्नै निवास बुढानीलकण्ठमा बिहान नौ बजे सभापति देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल हुने बताइएको छ ।
नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली नेतृत्वको वर्तमान सरकारको कार्यशैलीप्रति वितृष्णा बढिरहेको अवस्था छ । यो बेलामा कांग्रेसले वर्तमान सरकार ढाली आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने कुरा पनि जोडतोडले आइरहेको छ । यस्तो बेलामा कांग्रेसको बैठक बोलाइएको अवस्थामा यो विषयमा पनि छलफल हुनसक्ने भनी राजनीतिक वृत्तमा चर्चा चलेको छ ।
कांग्रेसको बैठक आज
Facebook Comments Box
